arrow

जुम्लाको सिँजा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका खत्री

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Jumla--hamrakura.jpg.jpeg
जुम्ला। जुम्लाको सिँजास्थित सिँजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेवि सङ्घका अमरसिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । 
 
सम्पूर्ण विद्यार्थी सङ्गठनको सहमतिका आधारमा सोमबार खत्री सभापतिमा निर्वाचित हुनुभएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत नवीन शर्माले जानकारी दिनुभयो । 
 
त्यसैगरी, उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा निर्वाचित हुनुभएको अधिकृत शर्माले बताउनुभयो । 
 
यसैगरी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी र सदस्य धनमान रोकाया र गोविन्द रोकाया निर्वाचित भएको स्ववियु निर्वाचन समितिले जनाएको छ । 
 
विसं २०६५ मा स्थापना भएको सिंजा बहुमुखी क्याम्पसमा ७७ जना विद्यार्थी रहेका थिए । खत्री सिंजा बहुमुखी क्याम्पस स्थापनाकालको पहिलो स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ । 
 
नवनिर्वाचित सभापति खत्रीले जनशक्ति र भौतिक पूर्वाधारको समस्या भएको यो क्याम्पसको उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ । 
 
जुम्ला बहुमुखी क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण आजका दिनसम्म चुनाव हुने वा नहुने भन्ने यकिन हुन सकेको छैन । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ