arrow

पत्रकार महासंघ मकवानपुरको अधिवेशन उद्घाटन

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन १७ मंगलबार
ujir_magar.jpeg

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको नवौं अधिवेशनको मंगलबार उद्घाटन भएको छ । महासंघका केन्द्रीय महासचिव उजीर मगको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो । उद्घाटनसँगै मंगलबार नै बन्दसत्र सुरु गरिने तयारी भईरहेको छ । 

महासंघको नयाँ नेतृत्वका लागि विभिन्न विचारबोकेका पत्रकारका संगठनहरुले आआफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराईसकेका छन् । प्रजातान्त्रिक विचारधाराको नेपाल प्रेस युनियनले अहिले कुमार अधिकारीलाई अध्यक्षको रुपमा अघि सारेको छ । युनियनले यसअघि सविन न्यौपानेलाई अध्यक्षको उम्मेदवारको रुपमा घोषणा गरेपनि निर्वाचन कार्यविधि परिवर्तन भएपछि पुनः छलफल गरी नेतृत्वबारे आन्तरिक ढंगबाट मात्रै तयारी गरेको जनाईएको छ ।
 
त्यस्तै, प्रेस चौतारीले अध्यक्षको उम्मदवारको रुपमा पत्रकार हरि हुमागाईलाई प्रस्तुत गरेको छ । हुमागाई आफ्नो पक्षमा माहोल बनाउने दौडमा जुटेका छन् । इमान्दार पत्रकारको छवि बनाएका हुमागाई जिल्लामा परिचित व्यक्तित्व हुन् । 
 
प्रेस सेन्टरले आफ्नो अध्यक्षको उम्मेदवारको रुपमा नानीमैया विष्टलाई प्रस्तुत गरेको छ । उनी पनि आफ्नो पक्षमा मतदाताहरुलाई समेट्न लागि परेकी छिन् । दशकदेखि पत्रकारितामा सक्रिय विष्ट पनि पत्रकारमात्र इमान्दार व्यक्तित्वको रुपमा परिचित छिन् । वर्तमान उपाध्यक्ष गिरिजा अधिकारीले पनि आफुलाई अध्यक्षको आकांक्षीको रुपमा प्रस्तुत गरेका छन् । 
 
उनी कुन संगठनको सहयोगमा उम्मेदवारी दिने हुन् वा स्वतन्त्र ढंगबाट आउने हुन् त्यो खुल्न सकेको छैन । एनपिआई टपर उनको आकांक्षालाई पत्रकारहरुले स्वभाविक मानेका छन् ।
नेतृत्व लिन गठबन्धनको प्रयास
 
पत्रकाहरुको साझा एवं अभिभावक संस्था नेपाल पत्रकार महासंघको नेतृत्व आफुले लिन सबै पेशागत संगठनहरु लागि परेका छन् । प्रेस युनियन, चौतारी र केन्द्र अहिले घनिभुत रुपमा छलफलमा छन् । एक्लै चुनावमा जाने भन्दा पनि दुई संगठन मिलेर जानेतर्फ सबै अग्रसर देखिन्छन् । तर सबै आफ्नो नेतृत्वमा सहमति जुटाउने प्रयास गरिरहदा आइतबार दिउसोसम्म पनि सहमति जुट्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ