arrow

निर्वाचन आयोगको बैठक बस्दै, आचारसंहिता जारी गर्ने तयारी

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । मंगलबार आयोगको कार्यालय कान्तिपथमा बस्ने बैठकले स्थानीय तहको निर्वाचनको लागि आचारसंहिता जारी गर्ने तयारी गरिरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 
 
सरकारले आगामी बैसाख ३१ गतेको लागि स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन आयेगले तीब्र गतिमा काम अघि बढाईरहेको छ । आयोगका प्रवक्ता शर्माले मंगलबार बस्ने बैठकमा आचारसंहिता जारी हुने सम्भावना रहेको जानकारी दिए । हाम्राकुरासँग कुराकानी गर्दै प्रवक्ता शर्माले बैठकमा आचारसंहिता लागू गराउने निर्णय गर्ने तयारी भईरहेको भएपनि यकीन भईनसकेको जानकारी दिए । 
 
फागुन १० गते राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक साताभित्रै निर्वाचन आचारसंहिता लागू हुने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ