arrow

राष्ट्रपति रनिङ शिल्ड मच्छिन्द्रलाई

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Terhathum-hamrakura.jpeg
तेह्रथुम। तेह्रथुममा यसवर्ष पनि राष्ट्रपनि रनिङ शिल्ड मच्छिन्द्र मावि सुदापले जितेको छ । म्याङलुङ्ग नगरपालिकाको जिरिखिम्तीबजारमा सोमबार सम्पन्न नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा साविक विजेता मछिन्द्र माध्यमिक विद्यालय सुदाप पुनः विजयी बनेको हो । 
 
यस्तै कृष्ण मावि सक्रान्ति दोश्रो र सिंहबाहिनी मावि म्याङलुङ्ग तेश्रो भएका छन । प्रथम हुनेले नगद १५ हजार, राष्ट्रपति रनिङ्ग शिल्ड र प्रमाण पत्र, दोश्रो हुनेले नगद १२ हजार, प्रमाण पत्र र तेश्रो हुनेले नगद ९ हजार र प्रमाण पत्र पाएका छन । प्रतियोगितामा जिल्लाका निजी तथा सामुदायिक गरी ४२ वटा विद्यालय सहभागी भएको आयोजक जिल्ला खेलकूद विकास समितिका अध्यक्ष केशव भट्टराईले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ