arrow

विविसी छाडेर पार्टी खोल्न लागेका रविन्द्र मिश्रलाई मुमारामको साथ

पहिले धोका दिएको भनेर थिए रुष्ट

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Rabindra-Mishra-Banner.jpeg

काठमाडौं । लामो समयसम्म विविसी नेपाली सेवामा कार्यरत पत्रकार एवं लेखक रविन्द्र मिश्रले विविसीको जागिर छाडेका छन् । केही समय अगाडि नै राजनीतिक दल दर्ता गर्ने भनेर जागिर छाड्ने मनस्थितीमा रहेका उनलाई सहयोगीहरुले धोका दिएको भन्दै पछि हटेका थिए । मंगलबार आफ्नो सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी केही समयमा आफूले चुनौतीपूर्ण निर्णय सार्वजनिक गर्ने बताएका थिए । उनको चुनौतीपूर्ण निर्णय भनेको जागिर छाड्ने र नयाँ दल दर्ता गर्ने रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । 

यस अधि नै पूर्व मुख्यसचिव लीलामणि पौड्याल र मुमाराम खनाललाई साथमा लिएर नयाँ पार्टीखोल्न लागेकोमा मिश्रलाई खनालले धोका दिएपछि उनको योचना तत्कालीन समयमा टरेको थियो । खनाल सबै दस्तावेजहरु समेत लिएर बाबुराम भट्टराईको नयाँ शक्तिमा गएको आरोप त्यतिबेला लगाएको थियो । उनले यसरी दस्तावेज लिएर गएपछि मिश्र खनालसँग पनि रुष्ट रहेको चर्चा चलेको थियो । 
 
तर, नयाँ शक्तिमा पनि कुरा नमिलेर खनाल फर्किएपछि फेरि खनाल र मिश्रको कुरा मिलेको स्रोतको भनाई छ । अहिले खनालको अलावा सो पार्टीमा पूर्वसचिवहरु डा. सूर्यराज आचार्य,  डा. शरद धिताल,  किशोर थापा, अधिवक्ता ओमप्रकाश अर्याल, क्रिकेट एशोसिएसनकी पूर्व सिईओ भावना घिमिरे, निरुपमा थापा लगायतका व्यक्तिहरु रहने बताईएको छ । 
 
यस अभियानमा पहिलेदेखि नै सक्रिय रहेको पूर्व मुख्यसचिव लीलामणि पौड्याल अहिले चीनकालागि नेपाली राजदूत बनेर गएका छन् । पहिले नयाँ पार्टी गठनको लागि सबैभन्दा सक्रिय भएको भएपनि अहिले राजदूत बनिसकेपछि प्रत्यक्ष रुपमा पौड्यालले मिश्रलाई साथ दिन सक्ने सम्भावना देखिँदैन । 
 
यस्तो अवस्थामा मिश्रले भने पहिले धोका दिएको भनिएकै खनाललाई साथमा लिएर पार्टी खोल्न लागेका हुन् । 
 
मिश्र लामो समयदेखि भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय छन् । त्यतिबेला बाबुरामको नयाँशक्ति शक्तिको अन्तरिम केन्द्रीय परिद्मा समेटिएका विश्लेषक मुमाराम खनालले घुमाउरो भाषामा नयाँ शक्तिको छलफल चलाइरहेका रविन्द्र मिश्रहरुलाई समेत आफुहरु स्वागत गर्न आँतुर रहेको बताएका थिए। खनालले त्यतिबेला हाम्राकुरासँग भनेका थिए ‘रविन्द्र जीहरुबिना नयाँ शक्ति पूर्ण हुन सक्दैन ।’ बाबुरामले फर्मल रुपमा नयाँ शक्ति निर्माणको छलफल चलाएका छन्, रविन्द्रजीहरुले व्यक्तिगत रुपमा नयाँ शक्तिमा लाग्न आग्रह गरिरहेका छन्–फरक यत्ति मात्र हो ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ