arrow

रविन्द्र मिश्रको पार्टीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने !

अन्य राजनीतिक दलका नेताहरुलाई नो इन्ट्री !

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Rabindra-Mishra-Banner.jpeg
काठमाडौं  । पत्रकार रविन्द्र मिश्रले राजनीतिमा होमिनको लागि भन्दै विविसी नेपाली सेवाबाट राजीनामा दिएपछि उनले कस्तो पार्टीको जन्म देलान् भन्ने चासो बढ्न थालेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै मिश्रले राजीनामा दिएको र छिट्टै नयाँ पार्टी गठन हुने बताएका छन् । 
 
सरकारले स्थानीय तहको निर्वाचनको लागि भनेर बैसाख ३१ गतेको मिति तोकेको छ । यसको लागि तयारी पनि व्यापक चलिरहेको छ । तर, अब खोल्न लागेको उनीहरुको पार्टीले भने स्थानीय तहको निर्वाचनमा सहभागी हुन नपाउने भएको छ । यस्तो अवस्थामा के गर्छ त नयाँ पार्टीले ? भन्ने प्रश्नमा नयाँ पार्टी गठन गर्नको लागि सक्रिय समूहमध्येका एक सदस्य मुमाराम खनालले अब खुल्ने नयाँ पार्टीले आफूले उम्मेदवारी दिन नपाउने भएपनि राम्रो व्यक्तिहरु छन् भने स्वतन्त्र उम्मेदवारलाई सहयोग गरिने जानकारी दिए । अन्य पार्टीका पनि राम्रा उम्मेदवार भएको खण्डमा उनीहरुलाई पनि समर्थन गर्न सक्ने उनले स्पष्ट पारे । 
 
उनले आफूहरुको नयाँ पार्टीमा रविन्द्र मिश्रसँगै विभिन्न पूर्व सचिवहरु, क्यानकी पूर्व सिईओ भावना घिमिरे लगायत व्यक्तिहरुसँगै थुप्रै ख्यातीप्राप्त व्यक्तिहरु रहेको जानकारी दिए । उनले पार्टीको नाम र घोषणापत्र केहीदिनमा जारी गरिने भन्दै आफ्नो पार्टी बाद बर्बाद हो भन्ने सिद्धान्तका साथ आफूले काम गरेर त्यसैलाई सिद्धान्तको रुपमा विकास गर्ने प्रवृतिबाट अघि बढ्ने स्पष्ट पारे । खनालले आफूहरुले पार्टीमा विभिन्न क्षेत्रमा ख्यातीप्राप्त व्यक्तिहरुसमेत सम्मिलित हुने तर सबैले जागिर छाडिनसकेकोले उनीहरुको नाम सार्वजनिक नगरिएको स्पष्ट पारे ।
 
अन्य राजनीतिक दलका नेताहरुलाई नो इन्ट्री !
यसैगरी अब खुल्न लागेको नयाँ राजनीतिक दलमा पुराना राजनीतिक दलका नेताहरुलाई प्रवेश नदिईने भएको छ । कुनैपनि राजनीतिक दलमा आबद्ध भएको भएपनि कार्यकर्ताहरुलाई भने प्रवेश खुल्ला रहेको बताईएको छ । खनालले मंगलबार हाम्राकुरासँग कुराकानीगर्दै राजनीतिकदलहरुसँग दादागिरी र डनहरुको पनि प्रवेश हुने भन्दै आफूहरु त्यस्तासँग लड्न नसक्ने भन्दै त्यस्ता व्यक्तिहरुको लागि नयाँ शक्तिमा प्रवेश खुल्ला नरहेको बताए । 
 
यसले पनि राम्रोकाम नगरे पार्टी छोडिन्छ : मुमाराम
त्यस्तैगरी खनालले नयाँ शक्तिमा प्रवेश गरेको भएपनि नयाँ शक्तिले आफूले सोचेजस्तो काम नगरेकोले पार्टी छोड्न बाध्य भएको स्पष्ट पारे । यो पार्टी पनि छोड्नु हुन्छ कि पछि ? भन्ने प्रश्नमा खनालले राम्रोकाम नगरे यो पार्टी भनेर बसिरहनुको कुनै औचित्य नरहेको स्पष्ट पारे ।  
 
हामीहरुको पनि जीवनको सवाल हुन्छ नि बेकारको पार्टी बन्यो भने त को सधैं बसिरहन्छ त ? खनालले हाम्राकुरासँग भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ