arrow

‘मुनलाइट’ओस्कारको सर्वोत्कृष्ट चलचित्र, कसले कुन अवार्ड जिते ?

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
moonlights.jpeg
एजेन्सी  । प्रसिद्ध अमेरिकी निर्देशक वारी जेनकिन्सद्वारा निर्देशित सिनेमा ‘मुनलाइट’ ले ८९ औँ एकेडेमी अवार्ड (ओस्कार पुरस्कार) अन्तर्गत सर्वोत्कृष्ट तस्बिर पुरस्कार हात पार्न सफल भएको छ । 
 
उक्त सिनेमा यस वर्ष आठौँ ओस्कार छनौटमा परेको थियो भने हालै सर्वोत्कृष्ट चलचित्रका लागि गोल्डेन ग्लोब अवार्ड पनि हात पार्न सफल भएको थियो ।
 
ओस्कार पुरस्कारका लागि मजबुत दाबेदार मानिएको लाला ल्यान्डलाई पछि पार्दै मुनलाइटले सर्वोत्कृष्ट चलचित्र पुरस्कार पाउन सफल भएको हो । लाला ल्यान्डले सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेत्रीलगायत जम्मा ६ वटा ट्रफी जित्न सफल भएको छ । 
त्यसैगरी यस वर्ष एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्री बन्न सफल भएकी छन् । उनि चलचित्र ‘लाला ल्यान्ड’ मा अभिनय गरेकोमा पुरस्कृत भएकी हुन् । 
 
‘मेन चेस्टर बाइ द सी’ चलचित्रमा गरेको सफल अभिनयका लागि क्यासी अफलेक सर्वोत्कृष्ट नायक बन्न सफल भएका छन् ।  
 
डामिएन चाजेलीले ८९ औँ ओस्कार पुरस्कारअन्तर्गत सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्राप्त गर्न सफल भए  । उनि ‘लाला ल्यान्ड’ का निर्देशक हुन् । 
 
भाइओला ड्याभिसले यस वर्षको सर्वोत्कृष्ट सहनायिकाका रुपमा ओस्कार पुरस्कार प्राप्त गरिन् । उनि पारिवारिक चलचित्र फेन्सेसमा आमाको भूमिकामा अभिनय गरेकी थिइन् ।
 
कसले कुन अवार्ड जिते ?
सर्वोत्कृष्ट चलचित्रः मुनलाइट
निर्देशकः डेमियन च्याजल (ला ला ल्याण्ड)
अभिनेत्रीः एम्मा स्टोन (ला ला ल्याण्ड)
अभिनेताः केसी अफ्लेक (म्यानचेस्टर बाई दि सि)
सहअभिनेत्रीः विओला डेविस (फिन्सिस)
सहअभिनेताः माहेर्शाल अली (मुनलाइट)
ओरिजिनल स्क्रिन प्लेः केनेथ लनर्गन (म्यानचेस्टर बाई दि सि)
एडप्टेड स्क्रिन प्लेः मुनलाइट
वेष्ट कस्ट्युम डिजाइनः कालिन एटवुड (फ्यान्टास्टिक बिट्स एण्ड ह्वेर टु फाइण्ड देम)
वेष्ट मेक–अप एण्ड हेयरस्टाइलिङः सुसाइड इस्क्वेड
वेष्ट डकुमेन्ट्री फिचरः ओजीः मेड इन अमेरिका
वेष्ट साउण्ड एडिटिङः सिल्वेन बेलेमार (अराइभल)
वेष्ट साउण्ड मिक्सिङः हाक्स रिज
वेष्ट फरेन ल्याङग्वेज फिल्मः द सेल्स म्यान (इरान)
वेष्ट एनिमेटेड सटः पाइपरवेष्ट एनिमेटेड फिचरः जुटोपिया
वेष्ट प्रोडक्सन डिजाइनः ला ला ल्याण्ड
वेष्ट भिजुअल इफेक्ट्सः द जंगल बुक
वेष्ट फिल्म एडिटिङः जोन गिल्बर्ट (हाक्स रिज)
वेष्ट डकुमेन्ट्री सर्टः द ह्वाइट हेलमेट्स
वेष्ट लाइभ एक्सन सर्टः सिङ
वेष्ट सिनेम्याटोग्राफीः लिनुस सान्ड्ग्रेन (ला ला ल्याण्ड)
वेष्ट ओरिजिनल स्कोरः जस्टिन हुर्विट्ज (ला ला ल्याण्ड)
वेष्ट ओरिजिनल सङः सिटी अफ स्टारस् (ला ला ल्याण्ड)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ