arrow

लगानी सम्मेलनमा माईक्रोसफ्टदेखि कोकाकोलाका सिईओसम्मको प्रतिवद्धता !

४० प्रतिशत चिनियाँ लगानीकर्ता

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Investment.jpeg
काठमाडौं । सरकारले गर्न लागेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा विश्वका चर्चित कम्पनीहरुले समेत सहभागिता जनाउने आश्वासन दिएका छन् । उद्योग मन्त्रालय तथा लगानी बोर्डको मूल आयोगनामा फागुन १८ र १९ गते काठमाडौंको सोल्टी होटलमा आयोजना गर्न लागेको सो सम्मेलनमा विश्वका ख्यातीप्राप्त कम्पनीहरुले समेत प्रतिवद्धता व्यक्त गरेको लगानी बोर्डले जनाएको छ । 
 
लगानी बोर्डका एक उच्च अधिकारीका अनुसार अहिले माईक्रोसफ्टबाट पनि उच्च अधिकारीहरु सम्मेलनमा सहभागी हुन आउने तयारी गरिरहेका छन् । त्यस्तै बहुराष्ट्रिय कम्पनी कोकाकोलाको प्रमुख कार्यकारी अधिकृत(सिईओ) आफैँ सम्मेलनमा सहभागी हुन आउने तयारीमा रहेका छन् । 
 
बोर्डले उक्त सम्मेलनमा २५० भन्दा बढी लगानीकर्ताहरुले सहभागिता जनाउने दाबी गरेको छ । जसमध्ये छिमेकी मुलुक चीनबाट मात्रै सय भन्दा बढी लगानीकर्ताहरु नेपाल आउँदैछन् । हामी हाईप्रोफाईलका व्यक्तिहरुसमेत आउनेभएपछि एकदमै उत्साहित छौं । बोर्डका एक अधिकारीले भने अहिलेसम्म विश्वका एक दर्जन भन्दा बढी हाईप्रोफाइलका व्यक्तिहरुले सम्मेलनमा सहभागी हुन प्रतिवद्धता जनाएका छन् । 
 
यसरी आएका प्रतिवद्धताहरु विशेषगरी उर्जा, पूर्वाधार विकास, होटल, पर्यटन र कृषि लगायतका क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ