arrow

बाबुराम भट्टराईले आफ्नै पार्टीका केन्द्रीय परिषद सदस्यलाई ट्विटरमा ब्लक गरे !

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Baburam-bhattrai-stage.jpg.jpeg
काठमाडौं। पुर्व प्रधानमन्त्रि तथा नायँ शक्ती संयोजक डा. बाबुराम भट्टराईले नायँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य तथा एक नंबर प्रदेश सम्पर्क संयन्त्र संयोजक देव लिम्बुलाई सामाजिक संजाल ट्विटरमा ब्लक गरेका छन्। 
 
लिम्बुले ट्विट गर्दै यसो भनेका छन् - 'म संलग्न नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले मलाई पनि ट्विटरमा ब्लक गर्नुभएछ । धन्यवाद भन्नू बाहेक म सँग अरु शब्द छैन बाबुरामजी ।'
 
भट्टराईले सराकरले स्थानीय तह निर्वाचनको घोषणा गरेपछि संघिय समाजवादी फोरमसँग मिलेर निर्वाचन स्थगित गर्न र संविधान संसोधन गरि अघि बढ्न आव्हान गर्दै प्रेस बिज्ञप्ति जारी गरेका थिए।
 
यसको बिपरित देव लिम्बुले निर्वाचनको स्वागत गर्दै टविट गरेका थिए। एउटै पार्टीका दुई ब्यक्तिले निर्वाचनको बारेमा दुई भिन्न बिचार राखे पछि सर्वसाधारण अन्योलमा परेका थिए। 
 
नयाँ शक्तिका प्रमुख नेताहरुले निर्वाचनको स्वागत गर्दै भट्टराईको बिज्ञप्तिको बिरोध गरेका थिए। नयाँ शक्ति पार्टीलाई एकोहोरो आफ्नो तरिकाले चलाउने भट्टराईको सोचको बिरोध भैरहेको पार्टी श्रोतले बताएको छ। 
 
यसैक्रममा भट्टराईले उनको आलोचना गर्ने वा सभ्य भाषामा कडा प्रश्न गर्नेहरुलाई पनि सामाजिक संजाल ट्विटरमा ब्लक गर्न थालेका छन्। यसबाट स्पष्ट हुन्छ की भट्टराई राजनीतिमा आफ्नो आलोचना सहन सक्दैनन्। 
 
यसरी आफ्नै पार्टीका सहकर्मीहरुलाई सामाजिक संजालमा ब्लक गर्नुलाई उनको पार्टी कता जाला अब यो समयले नै बताउँने छ। 
 
Image may contain: 2 people, text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ