arrow

प्रधानमन्त्रीको सम्बोधन मधेश केन्द्रीत, निर्वाचनमा सहभागी हुन आग्रह

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
prachanda_sambodhan.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सोमबारको सम्बोधनमा मधेशी जनताहरुलाई विशेष महत्व दिएका छन् । मधेशमा लामो समयसम्म उत्पीडन र उपेक्षाको शिकार बनेका मधेशी जनताहरुले अब मतदानको माध्यमबाट राम्रा व्यक्ति छान्ने अवसर आएको भन्दै सरकारले तोकेको मितिमा स्थानीय तहको निर्वाचनमा सहभागी हुनको लागि पनि उनले सबै मधेशी नागरिकहरुलाई आग्रह गरे । 
 
विविध लाञ्छना लगाउँदा पनि मधेशी जनताकै लागि सरकार छाडेको र निम्नस्तरका लाञ्छनाहरु सहेर भएपनि व्यवस्थापिका संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउँदै प्रधानमन्त्री दाहालले आफ्नो यो सम्बोधन तराईमधेशका जनता र थारु उत्पीडितहरुको लागि रहेको दाबी पनि गरे । 
 
नयाँ संविधान चाहिएको पनि मधेशी जनताहरुको उत्पीडन रोक्नकै लागि हो । मधेशी जनताकै आवश्यकताको लागि संविधान संशोधन गरियो । तर अहिले परम्परातग शासकहरुलाई यो संविधान पनि पचेको छैन । गणतन्त्र पनि पचेको छैन र धर्म निरपेक्षता पनि पचेको छैन । त्यसैले यसलाई उल्ट्याउनको लागि गम्भीर षड्यन्त्र भईरहेको छ । 
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भने । 
 
मधेशी जनतालाई उत्पीडनको शिकार बनाउनेहरु लै अहिले मधेशी जनताको काँधमा बन्दूक राखी अरुमाथि आक्रमण गर्न खोजीरहको छन् भन्दै दाहालले मधेशी जनताले अब निर्वाचनमा मतदान गरेर सच्चा मधेशीलाई रोज्नुपर्ने बेला र अवसर आएको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ