arrow

प्रहरी प्रमुख नियुक्तिको विवाद : बुधबार फैसला हुने

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
suprem-court.jpeg
काठमाडौं । आईजीपी नियुक्तिको विवादमा मंगलबार पनि मुद्दा फैसला हुन सकेन । मंगलबार प्रतिबादी नेपाल सरकार पक्षका वकिलहरुले बहस गरिसकेका छन् । अब बुधबार निवेदकको जवाफ सुनेपछि बिहीबार नै फैसला हुने सर्वाेच्च अदालतले जनाएको छ ।
 
डीआईजी जयबहादुर चन्दलाई नयाँ प्रहरी प्रमुखमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलगत्तै सर्वोच्च अदालतले गत फागुन २ गते त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अधिवक्ता कपिलदेव ढकालद्वारा दर्ता गराइएको सार्वजनिक महत्वको रिट र मन्त्रिपरिषद्को निर्णयलगत्तै दर्ता गरिएको पूरक निवेदनका आधारमा उक्त निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।
 
त्यसपछि पटकपटक मुद्दाको सुनुवार्इ सर्दै म‌ंगलबारसम्म आएको थियो । तर, मंगलबार फैसला हुने भनिएपनि प्रतिवादी तर्फका वकिलहरुको बहसले नै दिन वितेपछि बुधबार फैसला गर्नेगरी हेर्दाहेर्दैमा इजलास स्थगित भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ