arrow

दोस्रो अभ्यास खेलमा नेपाल बिजयी

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
3638c1d06c020be9892637ef9845a51a.jpeg
काठमाडौं। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्दको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा भारतको रजवाडा क्रिकेट टिमलाई ८३ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको  नेपाली टोलीले ज्ञानेन्द्र मल्लको  ९५ रनको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ४७ रन बनायो । राम्रो ओपनिङ्ग गरेको नेपालका लागि मध्यक्रम नचल्दा सामान्य रम मात्र बनाउन सकेको थियो। नेपालका लागि  कप्तान ज्ञानेन्द्र मल्लले ९५, सुनिल धमलाले ४४,मेहबुब आलमले ३०,आरिफ शेखले २४ रन बनाएका थिए।
२ सय ४८ रनको बिजयी लक्ष्य साथ मैदानमा उत्रिएको रजवाडा ३७ ओभर ३ बलमा सबै विकेट गुमाउदै १ सय ६४ रन समेटियो, नेपालका लागि कसिलो बलिङ्ग गर्ने क्रममा सन्दिप लामिछाने, सागर पुन तथा  सोमपाल कामीले समान  २-२ विकेट लिए। नेपालले आफ्नो भ्रमणको तेस्रो तथा अन्तिम अभ्यास खेल  बिहिबार खेल्नेछ।
क्रिकेट : भारतमा भएको अभ्यास खेलमा नेपाल ८३ रनले विजयीक्रिकेट : भारतमा भएको अभ्यास खेलमा नेपाल ८३ रनले विजयी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ