arrow

बुधबारदेखि कसकसलाई लाग्दैछ निर्वाचन आचार संहिता ?

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौं । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ बुत्रबारदेखि लागू गर्ने निर्णय गरेको छ । आयोगको निर्णय अनुरुप विभिन्न पेशाका व्यक्तिहरुलाई आचारसंहिता लाग्ने भएको हो । 
 
आयोगले दिएको जानकारी अनुसार बुधबारदेखि नेपाल सरकार र नेपाल सरकारको मन्त्रीहरु, स्थानीय निकाय÷तह, स्थानीय निकाय÷तहका कर्मचारीहरु, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, सार्वजनिक पद धारण गरेको व्यक्तिहरु सबैले आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने जनाएको छ ।
 
त्यसैगरी, उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति आउँदो बैशाख १६गते देखि आचारसंशिता लागू हुने भएको छ । मंगलबार नै निर्वाचन आयोगमा गृह मन्त्रालयबाट तयार पारिएको स्थानीय तहको निर्वाचन सुरक्षा योजना बारे प्रारम्भिक छलफल भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ