arrow

‘मधेसी र दलितहरुको अधिकारमा एमाले बाधक ’

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
suraj-raj-acharya.jpeg
कपिलवस्तु । सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले मधेसीहरुको हक अधिकारमा एमाले बाधक बनेको आरोप लगाएका छन् । मधेसी दलित र जनजातिहरुलाई संबिधान संशोधन मार्फत कांग्रेस कै अगुावईमा दिलाउन खोजे पनि एमालेको असहयोगका कारण पास हुन ढिलाई भएको उनले बताए । 
 
कपिलवस्तुको तौलिहवामा नेपाल दलित संघको पाचौ अधिबेशन उद्घाटन गर्दै उनले आफना पार्टीले मधेसी, जनजाजाति र दलितको हक अधिकार सुनिश्चित गराउने दाबी गरे । आवश्यक संख्या अपुग भएकाले संबिधान संशोधनमा ढिलाई भएको भन्दै उनले आफनो पार्टी तिनीहरुको अधिकार स्थाति गराउन लागी पर्ने बताए । २० बर्ष पछि स्थानीय निकायको निर्वाचन घोषणा भएकोमा खुशी ब्यक्त गदैृ उनले त्यसमा जुटन सबैलाई आग्रह गरे । अहिलको ब्यवस्थामा दलित बार्गहरुको समेत अनिवार्य प्रतिनिधित्व रहने भएकाले स्थानीय निकायको चुनावलाई सबै मिलेर सफल पार्नु पर्ने बताए । 
 
मधेसी र दलित महिलाहरु अझै पनि सशक्त हुन नसकेको भन्दै उनीहरु आफनो हक अधिकारकालागि आर्फै अग्रसर हुने पर्ने उनले बताए । सो अवसरमा संघका केन्द्रिय उपाध्यक्ष कृष्ण रसाइृलीले दलितहरुको हक अधिकार स्थापित गराउन दलित समुदायहरु एकजुट हुनु पर्ने बताए । उनले दलित बर्गहरु अझै पनि हक अधिकारबाट बंचित रहेकोले तिनिहरुको हक अधिकारकालागि अझै दवावको आवश्यक रहेको बताए ।
 
 डम्मर सिंह सुनारको अध्यक्षता, रिना बिश्वकर्माको संचालन तथा जय करन पासीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष अब्दुल कलाम, महिला संघकी केन्द्रिय उपाध्यक्ष रुपा बिश्वकर्मा, प्रेम बहादुर बिश्वकर्मा, पार्टीका पुर्व जिल्ला अध्यक्ष सुधारकर पाण्डेय, पार्टी सचिव महेन्द्र पाठक, नेता रउफ अहमद खा, युवा नेता तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, क्षेत्रीय सभापति गिरीजेश पाण्डेय र अब्दुल मन्नान खा, लाकनाथ शर्मा मीना केसी, खोम बहादुर सेन, रबि ठाकुर, कृष्ण चन्द्र पासी लगायतले मन्तब्य दिएका थिए । 
 
बन्द सत्रले दलित संघको आठौ जिल्ला अधिबेशनले पुनः डम्मर सिंह सुनारको अध्यक्षतामा निर्बिरोध कार्य समिति चयन गरेको छ । सचविमा रिना बिक तथगा सदस्यहरुमा बेचन चमार,शान्ता परियार,प्रतिक्ष परियार,रामवाण कोरी, सावित्रा कोरी, चन्द्रिका पासी,शेषराम चमार, अनिता श्रीमाल,गोमा परियार,दिल बहादुर सुनार,शम्भु पासी, वंशराज पासी, गौरी रैदास, ओम प्रकाश कोरी , मुन्नी रैदास, कृष्ण प्रसाद कोरी रहेका छन् । अन्य पदहरु कार्य समितिबाट चयन गरिने बताईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ