arrow

पत्रकार महासङ्घ महोत्तरीको अध्यक्षमा मण्डल

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
FNJ-logo.jpg.jpeg
गौशाला । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको मगलबार सम्पन्न १०औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा कमलेश मण्डल विजयी भएका छन् । मण्डलले आफ्ना प्रतिद्वन्दी राकेशप्रसाद चौधरीलाई २० मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारकान्त झाले बताए । 
 
महासङ्घको उपाध्यक्षमा नागेन्द्रकुमार कर्णले २८, सचिवमा महेशकुमार दासले २६ र कोषाध्यक्षमा अजयकुमार सिंहले २८ मत ल्याएर विजयी भए । त्यस्तै केन्द्रीय पार्षदमा हरिप्रसाद मण्डल, विवेकानन्द झा र गोपालप्रसाद बराल विजयी भए । 
 
महासङ्घको महिला उपाध्यक्षमा खुश्वु झा, सहसचिव पुरुषमा रामनारायण महतो, महिलामा सुनिता कुमारी र सदस्यहरुमा मेनुका श्रेष्ठ, नवीनकुमार नवल, सञ्जीव मण्डल र घनश्याम भगत र केन्द्रीय सभासद्मा महिलातर्फ हेमकुमारी बराल निर्विरोध निर्वाचित भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ