arrow

ट्रम्पको अमेरिकी कंग्रेसमा पहिलो संवोधन, अमेरिकी उत्साह फर्काउने प्रण

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
trump.jpeg

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई नयाँ अध्यायमा लगिने बताएका छन् । पहिलो पटक कंग्रेसमा बोल्दै ट्रम्पले नयाँ जोशका साथ अमेरिकी उत्साह फर्काउने प्रणसमेत गरेका छन् । स्थानीय समयअनुसार मंगलबार राति लामो संवोधन गर्ने क्रममा ट्रम्पले ‘हामी अपराधविरुद्ध एक जुट भएर लाग्नुपर्छ’ भने ।


उनले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउने काम सुरु गर्न पनि निर्देशन दिएका छन् । त्यस्तै उनले नयाँ प्रवासी नियम लागु गर्ने बताएका छन् । उनले मजदूरको तलव बढाइने तर आप्रवासीको भीड मुलुकमा रहन नदिने प्रतिवद्धता जनाएका छन् ।


औसत भन्दा लामो समय भाषण गर्ने क्रममा उनले अमेरिकीहरु अब अपराध र गलत गतिविधि रोक्न पनि एक हुनुको विकल्प छैन भने ।


ट्रम्पले जतिसुकै ऐक्यवद्ध हुन आग्रह गरे पनि हरेक क्षेत्रलाई गाली गर्ने भएकाले पनि उनीसंग सहमत हुने अवस्था तत्काल देखिदैन । उनी फेरि पनि संचारकर्मीसंग भड्किएका छन् ।

संवोधनका क्रममा उनले सांसदहरुलाई यो विभाजनमा लाग्ने समय नभएको पनि बताएका छन् । उनले अमेरिकामा भइरहेका हिंसाका घटनाको आफूले गम्भीर रुपले नियालिरहेको पनि बतााएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ