arrow

ल्याण्डफिल साईड बनेपछि कालिगण्डकीको धार्मिक महत्व हराउन थाल्यो

logo
रामकृष्ण लामिछाने,
प्रकाशित २०७३ फागुन १८ बुधबार
kaligandaki-river.jpeg
पर्वत । पवित्र कालिगण्डकी नदी ल्याण्डफिल्ड साईड बनेपछि नदीको धार्मिक महत्व विलाउन थालेको छ । बेनी ,कुश्मा र वागलुङ तथा वजार उन्मुख क्षेत्रवाट निस्कने फोहोर कालीगण्डकी नदीमा फालिँदै आएको छ ।
 
 उपयुक्त ल्याण्डफिल साइट फेला नपरेकोले शहरको फोहोरमैला कालीगण्डकी नदीमा फाल्ने गरिएको हो । हिन्दु धार्मिक मान्यता अनुसार भगवान विष्णुको स्वरुप शालिग्राम पाइने पवित्र कालीगण्डकी नदीमा पितृको श्राद्ध गरे मोक्षप्राप्ती हुने जनविश्वास रहेको छ । धार्मिक रुपमा पवित्र मात्र होइन पर्यवरणीय रुपमा पनि संवेदनशील नदीमा ०६० सालदेखी उद्योग वाणिज्य संघ म्याग्दीले ‘अर्को विकल्प’ नहुँदासम्म भन्दै बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्ड अन्तर्गत सेती पहिरोबाट कालीगण्डकी नदीमा फोहोर फाल्न थालेको थियो । 
 
पुनरावेदन अदालत बाग्लुङले धार्मिक पर्यटकीय महत्वको कालीगण्डकी नदी प्रदुषण भएको भन्दै निषेधाज्ञासहित परमादेशको माग गरिएको मुद्दामा तत्कालिन न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले कारण देखाउ आदेश जारी गरे पनि स्थानीय निकायले अटेर गर्दै ०६५ सालदेखि अथुङ्गे गाविस र ०७० देखि बेनी नगरपालिकाले पनि सोही ठाउँमा फोहोर फाल्ने कामलाई निरन्तरता दिइरहेको छ ।
 
 बर्षीनी जनघनत्व र शहरीकरणले फोहरमैला व्यवस्थापन समस्याको रुपमा देखिन थालेको छ । बेनी नगरपालिकाका फोहरमैला व्यवस्थापन हेर्ने कृष्ण सुवेदीका अनुसार बेनीबाट दैनिक औद्योगिक फोहोर ३ मेट्रिक टन, अस्पताल र स्वास्थ्य निकायहरुबाट २ टन र घरेलु फोहोर ५ टन बढी निस्किने गर्छ । दैनिक निस्कने फोहरमध्ये रवर, छाला १ प्रतिशत, धातुजन्य २ प्रतिशत, कपडा २ प्रतिशत, सिसाजन्य ३ प्रतिशत, कागज ९ प्रतिशत, प्लास्टिकजन्य ११ प्रतिशत, अन्य ७ प्रतिशत र बाँकी ६५ प्रतिशत वस्तु जैविक फोहरमैला हुने अनुमान छ ।
 
 ल्याण्डफिल साइट बनाउन ५८ लाख रुपैयाँ बजेट तथा कार्यक्रम आएपनि राजनीतिक सहमति जुट्न नसक्दा अलपत्र छ । नगरपालिका आफैंले पनि फोहर व्यवस्थापन गर्न बर्सेनी नगरवासीबाट ११ लाख बढी शुल्क असुल्दै आएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ