arrow

पाँचथर बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन नहुने

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
Pachthar.jpeg.jpeg
पाँचथर। पाँचथर बहुमुखी क्याम्पसमा आज (बुधवार) का लागि तोकिएको स्ववियू निर्वाचन नहुने भएको छ। विद्यार्थीहरु सँगठनहरु वीचमा समझदारी नबन्दा स्ववियू निर्वाचन हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ।
 
मंगलबार विद्यार्थीहरुलाई संवादका लागि वैठक वोलाउँदा पनि संवादमा आउन नचाहेको र आ—आफनो हठका कारण स्ववियू निर्वाचन स्थिगत हुन पुगेको क्याम्पस प्रमुख खेम खतिवडाले बताए।
 
अव अर्को मिती समेत अहिलेलाई नतोकिएको उनले बताए। यसैविच विद्यार्थी संगठनहरुले भने क्याम्पस प्रशासनको लापरवाही र संवादका लागि तदारुक्ता नदेखाउँदा स्ववियू निर्वाचन हुन नसकेको आरोप लगाएका छन्।
 
यसैविच नेपाल विद्यार्थी संघ जिल्ला सचिव धन कुमार लावतीले क्याम्पस प्रशासनले विद्यार्थीको अन्तिम नामावली प्रकाशन गरेको छ,त्यसैले सदर गरेर गए मात्रै आफूहरु चुनावमा जाने बताए।
 
यता अनेरास्वियू निवर्तमान जिल्ला अध्यक्ष राजु थाम्सुहाङले भने फर्जी विद्यार्थीको नाम नहटाएसम्म चुनावमा जान सक्ने वातावरण नबनेको बताए।
 
त्यस्तै अनेरास्ववियू क्रान्तिकारी जिल्ला इन्चार्ज जल कुमार तामाङले भने भोली जसरी पनि चुनाव हुनुपर्ने बताए। त्यसैगरी संघिय विद्यार्थी यूनियन सचिवालय सदस्य दिपक खनालले विद्यार्थीहरु विचमा संवाद गरेर भएपनि कुनै हालतमा गर्नुपर्ने बताए। अहिले क्याम्पसमा विद्यार्थीको दोहोरो तालवान्दी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ