arrow

तेह्रथुम स्ववियु निर्वाचन : दुई क्याम्पसमा स्थगित, तीनमा मतदान हुँदै, एक अन्योल

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ फागुन १८ बुधबार
electionsobeu.jpeg
तेह्रथुम। तेह्रथुमका तीन वटा क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनकालागि मतदान हुँदैछ । एक त्रिवि आंङ्गिक सहित जम्मा छ वटा क्याम्पस रहेको जिल्लामा म्याङलुङ्ग बहुमुखी क्याम्पस र ह्यात्रुङ झरना क्याम्पसमा यसअघि नै निर्वाचन कार्यक्रम स्थगित भइसकेको छ । 
 
त्रिवि आंगिक क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडामा भने गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन हुने नहुने अन्योल बनेको छ  । सबै विद्यार्थी संगठनसँग छलफल गरेर सहमतिबाटै निर्वाचन कार्यक्रम अघि बढाउने प्रयत्न भइरहेको निर्वाचन अधिकृत गणेश विमलीले बताउनुभयो । यता नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र संघीय लिम्बुवान विद्यार्थी युनियनको संयुक्त गठबन्धनले भने विज्ञप्ति जारी गर्दै कुनैपनि हालतमा निर्वाचन गराउन माग गरेको छ । विज्ञप्तिमा हार्ने सुनिश्चित भएपछि तालाबन्दी गरेको भनिएको छ ।
 
क्याम्पसमा नेपाल विद्यार्थी संघ, लिम्बुवान विद्यार्थी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सभापतिमा प्रेमकुमार फोम्बो, सचिवमा जयकुमार विश्वकर्मा, कोषाध्यक्षमा कल्पना घिमिरे तथा सदस्यहरुमा अनिशा मैनाली, उमाकान्त दंगाल र चुवाङ्मा कन्दङवाको उम्मेद्धारी छ । यस्तै अनेरास्ववियुबाट सभापतिमा तुलसीराम धमला, सचिवमा पवन न्यौपाने, कोषाध्यक्षमा सुस्मादेवी कन्दङवा तथा सदस्यहरुमा सीतादेवी गोम्दाङ, पेमा गोले र सन्जिना खवासले उम्मेद्धारी दिएका छन् । क्याम्पसमा जम्मा ७५ जना मतदाता रहेको निर्वाचन अधिकृत गणेश विमलीले बताए ।
 
सदरमुकाममै रहेको म्याङलुङ्ग क्याम्पसमा भने कक्षा–११ र १२ का विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि क्याम्पसले सहमतिमा मात्रै स्ववियु गठन गर्न सकिने बताएको छ । ह्यात्रुङ झरना क्याम्पसमा पनि सहमतिको प्रयासकालागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत खगेन्द्र खत्रीले बताए  । सो क्याम्पसमा २७ जना मात्रै विद्यार्थी छन् । 
 
यसबाहेक पुर्ण सरकारी स्वामित्वको तेह्रथुम बहुमुखी क्याम्पससँगै पब्लिक क्याम्पसहरु जिरीखिम्ती बहुमुखी क्याम्पस, बसन्त बहुमुखी क्याम्पस र छथर बहुमुखी क्याम्पसमा निर्वाचन हुने कार्यतालिका छ । 
 
म्याङलुङ्ग नगरपालिकामै रहेको जिरिखिम्ती बहुमुखी क्याम्पसमा विहान साढे १० बजेबाट मतदान साँझ ५ बजेसम्म हुँदैछ । क्याम्पसमा जम्मा ३४ जना मतदाता छन् । स्ववियुकालागि एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापतिमा सरस्वती थापा, सचिवमा अर्जुन निरौला र कोषाध्यक्षमा सर्मिला बाँनियाको उम्मेद्धारी छ । सदस्यहरुमा वर्षा गुरुङ, यसोदा दाहाल र पवित्रा दाहालले उम्मेद्धारी दिएका छन् । यस्तै नेपाल विद्यार्थी संघ र संघीय लिम्बुवान विद्यार्थी युनियनको संयुक्त प्यानलबाट सभापतिमा रोमन गौतम, सचिवमा रविन लिम्बु र कोषाध्यक्षमा टिका सिंजागु तथा सदस्यहरुमा सीता कार्की, फुलकुमारी लिम्बु र चन्द्र बुढाथोकीले उम्मेद्धारी दिएका निमित्त क्याम्पस प्रमुख गोविन्द सोदेम्बाले जानकारी दिए । 
 
लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा रहेको बसन्त बहुमुखी क्याम्पसमा विहान ९ बजेदेखि १२ बजेसम्म चुनाव हुँदैछ । स्ववियुकालागि नेपाल विद्यार्थी संघबाट सभापतिमा भेषराज कार्की, सचिवमा हिमराज कटुवाल, कोषाध्यक्षमा निर्मला पौडेल तथा सदस्यहरुमा कविता कार्की, तारादेवी बस्नेत र सुनिता सुवेदीले उम्मेद्धारी दिएका छन् । यस्तै अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सभापतिमा दिलिप गुरुङ, सचिवमा खगेन्द्र लिम्बु, कोषाध्यक्षमा यशोदा खड्का तथा सदस्यहरुमा लिलामाया दाहाल, बादल गुरुङ र बसन्ती राईले उम्मेद्धारी दिएका छन् । क्याम्पसमा जम्मा ५८ जना मतदाता रहेको निर्वाचन अधिकृत भीमप्रसाद दाहालले जानकारी दिए । 
 
उता हमरजुङमा रहेको छथर बहुमुखी क्याम्पसमा पनि विहान ९ बजेदेखि १ बजेसम्म मतदान हुँदैछ । ६० जना मतदाता रहेको क्याम्पसमा नेपाल विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनले संयुक्त रुपमा तथा अनेरास्ववियुले एकल उम्मेद्धारी दिएको  निर्वाचन अधिकृत नवीन भट्टराईले बताए । अनेरास्ववियुको तर्फबाट सभापतिमा गोपाल लिम्बु, सचिवमा भानु खड्का र कोषाध्यक्षमा कमला लिम्बु तथा सदस्यहरुमा घनश्याम खड्का र प्रदिप मादेनको उम्मेद्धारी रहेको छ । यस्तै संयुक्त नेविसंघको प्यानलबाट सभापतिमा पवित्रा पौडेल, सचिवमा फुलमाया लिम्बु र कोषाध्यक्षमा कोपिला माझी तथा सदस्यहरुमा रस्मिता कटुवाल, श्यामबहादुर लिम्बु रहेका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ