arrow

एमाले, माओवादी केन्द्र र राप्रपाका २९ कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ फागुन १८ बुधबार
pati-prabesh.jpeg
 लिबाङ (रोल्पा) । रोल्पाको गाम गाविसबाट नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबाट गरी २८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली काँग्रेसको नियमित मासिक बैठकमा फागुन ५ गते उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्  । 
 
जस अन्तर्गत नेकपा माओवादी केन्द्र रोल्पाका प्रभावशाली नेता देउसिंह घर्ती स्टोन सहित ओखवीर घर्ती, देउवीर घर्ती, केश घर्ती, गोबिन बुढा, सुन बुढा, कर्णे बुढा, तिलबहादुर घर्ती, धनराज घर्ती, सन्तोष जीएम, निर्मला घर्ती, ओमबहादुर घर्ती, कुम्विरा घर्ती, हिमाल बुढामगर (पूर्व जनमुक्ति सेनाका प्लाटुन कमाण्डर),कमारी घर्ती, लामे घर्ती, सशिला घर्ती, गंगाराम घर्ती, मोहन घर्ती, बेलमान घर्ती गरी २० जना नेकपा माओवादी केन्द्रबाट, निमसरी परियार, हस्तमा परियार, तिलसरी परियार, एनवीर परियार, टेकबहादुर परियार, पूर्णसिंह परियार, र खम्बिरा परियार गरी ८ जना नेकपा एमालेबाट र राप्रपाका गाउँ इकाई सचिव चन्द्रबहादुर घर्ती गरी २९ जनालाई नेपाली काँग्रेसका सभापति एवम सांसद अमरसिंह पुन र पूर्व सांसद लेखनाथ आचार्यले अवीर लगाई पार्टीमा प्रवेश गराएका हुन् ।
 
गाम गाविस १ स्थित शहिद पार्कमा सम्पन्न कार्यक्रममा बोल्दै नेता स्टोनले तल्कालिन अवस्थामा नेकपा माओवादीले जनतालाई दिएको आश्वासन पूरा नगर्ने मात्र होइन शहिदका सपनालाई वेवास्ता गरेको पीडा खप्न नसकेर आफू नेपाली काँग्रेसमा प्रवेश गरेको बताए । 
 
उनकी धर्मपत्नी लगायत सशस्त्र द्वन्द्वको समयमा ११ जनाले गाममा सहादत प्राप्त गरेका थिए । सांसद समेत रहेका नेपाली काँग्रेसका सभापति अमरसिंह पुनले  नव प्रवेशी कार्यकर्ताहरुलाई विकासका दृष्टिले पछाडि परेको गाम गाविसमा विकास निर्माण र हरेक कृयाकलापमा सदरमुकामसम्म जोड्ने प्रतिवद्धता व्यक्त गरे। देउसिंह घर्ती स्टोनलाई नेपाली काँग्रेस जिल्ला कार्य समितिको स्थायी आमन्त्रित सदस्यमा मनोनित समेत गरिएको छ ।
 
कार्यक्रममा जिल्ला कार्य समितिका उपसभापति किशोरकुमार आचार्य, सचिव शेरबहादुर महरा, सचिव मोहन परियार, जिल्ला कार्य समितिका सदस्य कृष्णबहादुर डाँगी, सुधांसु महरा,नेपाल महिला संघका पूर्व सभापति एवम जिल्ला कार्य समितिका सदस्य देवा आचार्य, सल्लाहकार टेकबहादुर बस्नेत क्षेत्र नं १ का सभापति सिमबहादुर विष्ट, क्षेत्र नं २ का सभापति गोपाल घर्ती, तरुण दलका कार्यवाहक अध्यक्ष तिलक बुढाथोकी, लगायतको उपस्थिति रहेको मोहन परियारले जानकारी दिए ।  कार्यक्रममा गाजाबाजा र नाराजुलुस सहित स्थानीय हरुको उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ