arrow

स्ववियु मतपरिणाम : २७ क्याम्पस क्रान्तिकारीको पोल्टामा(नामावली सहित)

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
FSU.jpeg
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको बुधबारसम्म निर्वाचन भएका क्याम्पसहरुको मत परिणाम आउन थालेको छ । दिउँसो साढे ३ बजेसम्म प्राप्त मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन –क्रान्तीकारी ले अहिलेसम्म २७ क्याम्पसमा जीत हाँसिल गरेको अनेरास्ववियु क्रान्तीकारी का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । 
 
उनका अनुसार निर्वाचनमा मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार तल उल्लेखित क्याम्पसहरुमा अनेरास्ववियु (क्रान्तिकारी) को प्यानलले जीत हाँसिल गरेको हो । अहिलेसम्म अखिल(क्रान्तिकारी)ले देशका विभिन्न भागमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु अध्यक्ष जितेका क्याम्पस र अध्यक्षहरुको नामावली निम्न अनुसार रहेको छन् ।
 
- पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची 
अध्यक्ष लक्ष्मण खड्का
- सिस्ने शिक्षा क्याम्पस रुकुमकोट 
अध्यक्ष श्रीकुमार बुढाथोकी
- स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम 
 अध्यक्ष नवराज के। सी ।
- सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम 
 अध्यक्ष जीवन पुनमगर
- सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम 
अध्यक्ष राम बहादुर विष्ट
- बनगाड क्याम्पस, सल्यान 
 अध्यक्ष इन्द्रबहादुर बुढाथोकी
- फारुला बहुमुखी क्याम्पस, सल्यान 
 अध्यक्ष रामप्रसाद शर्मा
- शिवजन क्याम्पस सितलपाटी, सल्यान 
अध्यक्ष हरिप्रकाश वली
- जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी 
 अध्यक्ष सिर्जना घिमिरे
- त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा 
 अध्यक्ष शालिकराम उप्रेती
- लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला
 अध्यक्ष नरबहादुर बिष्ट
- गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला 
अध्यक्ष भुवन भण्डारी
- गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया
 अध्यक्ष धनसरा ढकाल
- नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ 
अध्यक्ष रामवावु विष्ट
- नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट 
अध्यक्ष लक्ष्मण वुढा
- नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट 
अध्यक्ष राजन राना
- सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं 
अध्यक्ष मनिष खत्री
- महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा
सरोज महर्जन
- प्रताप स्मृति कलेज,सिंगटी,दोलख
 नमराज बस्नेत
- प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे 
अध्यक्ष, विनोद चौलागाई
- भाषा क्याम्पस ,धनकुटामा  
अध्यक्ष नवीन पौडेल
- पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ 
अध्यक्ष संगिता भुजेल
- मुसिकोट क्याम्पस,मुसिकोट रुकुम
 अध्यक्ष नारायण केसि
- दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे 
अध्यक्ष अमृत अधिकारी
- भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, 
अध्यक्ष रितकुमार बिक
- लाम्पन्टार ब। क्याम्पस, सिन्धुली
अध्यक्ष विमल रमौली मगर
- जुगल बहुमुखी क्याम्पस,सांगाचोक,सिन्धुपाल्चोक 
अध्यक्ष जयन्द्र श्रेष्ठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ