arrow

गगन थापा स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य मन्त्रालयबाट के काम भयो ?

यी १७ नीतिगत निर्णयहरु

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
gagan-sign-padbhar.jpeg
काठमाडौं । स्वास्थ्यमन्त्री भएपछि गगन थापाले आफूलाई अरु मन्त्रीभन्दा अलग राख्ने काम गरेका छन् । उनले जिम्मेवारी लिन नखोज्ने प्रवृत्तिका कारण नै मुलुक अगाडि बढ्न नसकेको जनाएका छन् । विचारजस्तै उनले काम गर्ने अठोट उनले सपथ खाएकै दिन गरेका थिए । स्वास्थ्य जनताको प्रत्यक्ष सरोकारको विषय भएकाले उनी जनमुखी कार्म गर्न खोजेको देखिएको छ । यस्तै हो भने के के भए त स्वास्थ्य मन्त्रालयले गरेका महत्वपूर्ण नीतिगत निर्णयहरू–
 
१, स्वास्थ्य प्रयोगशाला स्थापना, संचालन तथा मापदण्ड सम्बन्धि निर्देशिका २०७३ स्वीकृत भएको छ।
 
२, नेपालका सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण सम्पूर्ण रुपमा निःशुल्क गर्ने निर्णय गरिएको छ।
 
३, नेपालगञ्जमा क्यान्सर उपचार सेवा विस्तार गर्न शुसिल कोईराला प्रखर परोपकार क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय भएको छ।
 
४, काठमाडौंका नक्साल, मित्रपार्क, कुलेश्वर, पशुपतिनाथ, स्वयम्भु, लैनचौर, असन, पुरानो बसपार्क, डिल्लीबजार, शान्तिनगर, ताहाचल, बुढानिलकण्ठ सुकेधारा र कपन गरि १३ स्थानमा शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र खोल्ने निर्णय भइ कार्यान्वयन अगाडि बढाइएको छ।
 
५, बुढानिलकण्ठ नगरपालिकासंगको सहकार्यमा नगर अस्पताल स्थापना गर्ने निर्णय भएको छ।
 
६, भेरी अंचल अस्पताल र जनकपुर अंचल अस्पतालमा शहिद गंगालाल हृदय केन्द्रको सेवा विस्तार गर्ने निर्णय कार्यान्वनतर्फ काम शुरु भैसकेको छ।
 
७, लोकसेवावाट उत्तिण मेडिकल अधिकृत (आठौं तह) देशभरका प्राथमिक केन्द्र र अस्पतालहरूमा पदस्थापनको प्रकृया अघि बढेको छ।
 
८, खोप नियमावली २०७३ सहमतिका लागि कानून मन्त्रालयमा पठाइएको छ।
 
९, लामो समयसम्म व्यवस्थापन हुन नसकेको स्वास्थ्य सेवा ऐन दफा ९ (ख) कार्यान्वयनका लागि यसअघि मन्त्रिपरिषदको वैठकले पुल दरवन्दी सृजना गर्न स्वीकृत भएबमोजिम पदपुर्ति गर्न मन्त्रीपरिषदवाट सैध्दान्तिक सहमति प्राप्त भएको छ।
 
१०, देशका थप ५०० स्वास्थ्य चौकीमा नसर्ने रोग सम्बन्धि कार्यक्रम कार्यक्रम संचालन गर्ने निर्णय भएको छ।
 
११, थप ६५ स्थानमा शहरी स्वास्थ्य केन्द्र र सामुदायीक स्वास्थ्य इकाई खोलिने भएको छ।
 
१२, हेपाटाइटिस सि को निःशुल्क उपचार गर्ने सम्बन्धि निर्णय भएको छ।
 
१३, मृगौला परिक्षणका लागि डिपस्टिक टेष्ट, पाठेघर मुखको क्यान्सर निःशुल्क गरिने भएको छ।
 
१४, मानसिक रोगी, वेवारिसे, असहाय, अपाङगता भएका व्यक्ति, जेष्ठ नागरिक, लैंगिक हिंसा पिडित, महिला स्वयंसेवीका, प्राकृतिक विपत्तिवाट प्रभावित  विरामीहरूको जिल्ला, अंचल र केन्द्रीय अस्पतालहरू मार्फत सामाजिक सेवा ईकाई स्थापना गरि  निःशुल्क उपचार गर्ने निर्णय भएको छ।
 
१५, अटिजम, हेमोफेलिया, मस्कुलर डिष्ट्रोफी लगायतका समास्या समाधानका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ।
 
१६, पत्रकारको उपचार सहुलियत सम्बन्धि अध्ययन कार्यदल गठन भएको छ।
 
१७, औषधि ऐन संसोधन मस्यौदा समितिद्वारा संसोधित मस्यौदा तयार भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ