arrow

राप्रपाको विद्यार्थी सङ्गठनले इतिहास रच्दै जित्यो तीन क्याम्पस

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
rpp-student-election-2017.jpeg
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपाको भातृ सङ्गठन राप्रविसंले  स्ववियु निर्वाचनमा तीन क्यापसमा सभापति जितिसकेको छ। केन्द्रीय महासचिव राज बस्नेतले दिएको जानकारी अनुसार कपिलवस्तुको समयथान बहुमुखी क्याम्पसमा वासुदेव केसी, मकवानपुरको वंशगोपाल बहुमुखी क्याम्पसमा लक्ष्मण पौडेल र कपिलवस्तुको आदर्श बहुमुखी क्याम्पसमा रजत गुप्ताले  सभापति पदमा बिजयी भएका हुन्।
 
त्यस्तै आदर्श बहुमुखी क्याम्पस कपिलवस्तुमै सचिवमा मार्शल आचार्य विजयी भएका छन। त्यस्तै सञ्गठनले पाथीभरा क्याम्पस ताप्लेजुङ ,तिला कर्णाली क्याम्पस कालीकोट, जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक, शिद्धज्योती शिक्षा क्याम्पस सिन्धुलीमा कोषाध्यक्षमा पदमा समेत बिजयी भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ