arrow

स्ववियु चुनाव : दुई सभापति जनमोर्चाका बिद्यार्थीलाई

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
FSU.jpeg
काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैटौंले अहिलेसम्म २ बटा क्याम्पसमा स्ववियुको सभापतिमा विजय हाँसिल गरेका छन् ।
 
सो विद्यार्थी संगठनले जीत हाँसिल गरेका क्याम्पसहरुमा बाग्लुङको सुर्योदय क्याम्पस र दाङको ऐरावाती क्याम्पस रहेका छन् । जसमा क्रमशः शेखर थापा र अशोक वस्तीले सभापति पद जितेका हुन् । त्रिभुवन विश्वविद्यालयले बुधवार २२ वटा आंगिक र २००को हाराहारी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन गराएको थियो । काठमाडौं लगायत मुलुकका  धेरै क्याम्पसमा भने विभिन्न बिद्यार्थी संगठनको तालावन्दीका कारण निर्वाचन हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ