arrow

फेसबुकको माध्यमबाट ठगी गर्ने दुई पक्राउ

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
facebook.jpeg
चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । 
 
रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा ४७ लाख २८ हजार ठगिएको बताए । उनलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वाङ्ग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 
 
अन्य तुलसीपुर, धरान, काठमाडौँ बस्दै पैसा ठगी गर्ने गिरोहको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा एक लाख ७६ हजार पठाउनु भएको थियो । 
 
फेसबुक चलाउँदै आएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरुले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढङ्गले उहाँलाई ठगी गरेको प्रहरीले जनाएको छ । न्यौपानेको श्रीमान व्यवसायी हुन् । त्यहि आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ । 
 
पटकपटक गरी भारत बस्दै आएका एक व्यक्तिले उनलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर पर्‍यो भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिए । थापाका अनुसार न्यौपानेले विभिन्न छ चरणमा गरी उनलाई पैसा पठाएका थिए । 
 
आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौँमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताए । 
 
ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्ड समेत पठाएर ५० लाख दिई सकेपछि मात्र काडले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताएको थापाले बताए । काडमा चिप्स नभएको थाहा भएपछि उहाँ ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये ३५ लाख पुगिसकेको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ वटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । जसमध्ये कमै मात्रको लेनदेन टुङ्गिएको छ । 
 
अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताए । यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ