arrow

लगानी सम्मेलनमा सहभागी हुन भारतीय अर्थमन्त्री जेट्ली नेपालमा

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
arunjetly1.jpeg
काठमाडौं । भारत सरकारका अर्थमन्त्री अरुण जेट्ली नेपाल आएका छन् । बिहीबारदेखि राजधानीमा सुरु भएको अन्तराष्ट्रिीय लगानी सम्मेलनमा सहभागी हुनका लागि जेट्ली नेपाल आएको भारतीय राजदूतावासले जनाएको छ । बिहीबारदेखि सुरु भएको लगानी सम्मेलन दुई दिनको लागि चल्दैछ । यस अघि नेपाल चेम्बर परिसंघको पूर्वाधारसम्मेलनमा भारतीय रेल मन्त्री आएका थिए भने लगानी सम्मेलनका लागि जेट्ली आएका हुन् । 
 
मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, यहाँस्थित भारतीय दूतावासका प्रमुख विनयकुमार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए। 
 
बिहानदेखि यहाँ जारी ‘नेपाल लगानी सम्मेलन’मा प्रमुख वक्ताका रुपमा भाग लिन नेपाल भ्रमणमा आउनुभएका मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना नेपाली समकक्षी महरासँग मन्त्री जेट्लीले बेग्लाबेग्लै भेट गर्नेछन् । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ