arrow

स्थानीय निर्वाचन : अर्काको नाममा भोट हाल्न आउनेलाई के हुन्छ कारबाही ?

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
Election_local_2074.jpeg

काठमाडौं । नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति बैसाख ३१ को समयसीमा आईपुग्न अब दुर्इ महिना र केहीदिन मात्रै बाँकी छ । अबको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्नको लागि सहजता भन्दा पनि चुनौतीहरु धेरै रहेका छन् ।

स्थानीय तहको निर्वाचनको माहोल तातेसँगै यसका विभिन्न प्रावधानहरुको विषयमा पनि चासो बढ्न थालेको छ । यससँगै मतदानको विषयमा फर्जी मतदान गर्नेहरुलाई के कस्तो कारबाही हुन्छ भन्ने विषय पनि चासोका साथ हेर्ने गरिएको छ । आखिर के हुन्छ त अर्काको नाममा कोही भोट हाल्न गयो भने उ माथि कारबाही ?

स्थानीय तहको निर्वाचन सम्बन्धि ऐनको दफा ३५ ले कुनैपनि व्यक्ति अर्काको नाममा मतदान गर्न आएमा उ माथि के कारबाही गर्ने भनेर उल्लेख गरेको छ । सोही दफाको उपदफा १ मा कुनै व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नाममा मतदान गर्नको लागि मतपत्र लिन आएमा उम्मेदवार वा निजको प्रतिनिधि वा सोही मतदान केन्द्रका मतदाताले एक सय रुपैयाँ धरौटी राखी मतदान अधिकृत समक्ष तोकिए बमोजिम विरोध गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी विरोध भएमा मतदान अधिकृतले त्यस सम्बन्धमा आवश्यक कुरा बुझी तत्काल निर्णय गर्नु पर्ने व्यवस्था ऐनले उल्लेख गरेको छ । यसरी पर्न आएको विरोध र त्यसको निर्णय तोकिए बमोजिमको निर्णय किताबमा तुरुन्त जनाउनु पर्नेछ ।

यसरी गरिएको विरोध ठीक ठहरेमा मतदान अधिकृतले त्यस्तोधरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ र विरोध गलत देखिएमा त्यस्तोधरौटी रकम जफत हुनेछ । यसरी विरोध ठीक ठहरेमा त्यसरी नाम ढाँटी मतदान गर्न आउने व्यक्तिलाई मतदान अधिकृतले निर्वाचन कसूर तथा सजाय सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम जरिबाना गर्न सक्ने बताईएको छ । संघीय कानून अर्थात् निर्वाचन कसूर तथा सजाय सम्बन्धी ऐनले यसरी मतदानमा सहभागी भएको सबूत प्रमाण भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ