arrow

स्ववियुमा ६१ मतका कारण गयो नेविसंघकी छात्राको ज्यान

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
reema-chhetri.jpeg
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनमा विजयी हुन नसकेको पीडामा स्याङ्जाकी एक नेविसंघकी छात्राले आत्महत्या गरेकी छिन् । स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा पराजित भएपछि सिदार्थ बहुमुखी क्याम्पस फेदिखोलाकी उम्मेदवार रिमा क्षेत्रीले आत्माहत्या गरेको उनका साथीहरुले बताएका छन्।  
 
आफ्ना प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवारसँग पराजय बेहोरेपछि नेविसघंकी क्षेत्रीले आत्माहत्या गरेकीे उनका नजिकका साथीहरुले जनाएका हुन् । बुधवार सार्वजनिक भएको मत परिणाममा अनेरास्ववियुका विजयी उमेद्वारले ९२ पाएकी थिईन् भने क्षेत्रीले ३१मत ल्याएकी थिईन् । बुधवार नै त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसघंको विजय जुलुसमा सहभागी भएर क्षेत्री राति नै घर फर्केकी थिइन । 
 
उनको आत्महत्या नै भएको भनिएको र सो विषयमा थप छानविन भईरहेको प्रहरीले जनाएको छ । स्याङ्जा प्रहरीका अनुसार उनको सुसाईड नोट समेत भेटिएको छ र त्यसमा उनले आफूले आत्महत्या गरेको लेखेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ