arrow

यातायातको भ्रष्टाचार रोक्न नेपाली कांग्रेसका कार्यकर्ता धर्नामा

logo
विजय कुशवाह,
प्रकाशित २०७३ फागुन १९ बिहिबार
congress_hadtal.jpeg
वीरगंज । नेपाली कांग्र्रेस क्षेत्रीय समिति क्षेत्र नम्बर १ पर्साले यातायात कार्यालयमा व्यापक अनियमितता हुने गरेको भन्दै त्यसको विरुद्धमा बिहीबार कार्यालय परिसरमा १ घण्टा धर्ना दिएको छ । कांग्रेसका क्षेत्रीय सभापति विजय सर्राफको नेतृत्वमा गएको टोलीले यातायात कार्यालयमा धर्ना दिएको हो । धर्ना पछि यातायात व्यवस्था कार्यालय नारायणी वीरगंजका प्रमुख विश्वराज नेपाललाई ज्ञापन पत्र समेत बुझाईएको थियो । 
 
ज्ञापन पत्रमा यातायात कार्यालय भ्रष्टाचारको अखडाको रुपमा रहेको र कार्यालयलाई अविलम्व सुधार गरी जनताप्रति समर्पित भई कार्य संचालन गर्न माग समेत गरिएको छ । विज्ञप्तीमा आफूहरुको माग प्रति वेवास्ता गरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिईएको छ । 
 
धर्ना कार्यक्रममा नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलम, तरुण दलका कालु सिंह, रविन्द्र ठाकुर, दशरथ पटेल, ११ नम्बरका बुथ सभापति मणिन्द्र लाल नेपाली, महिला नेतृ रुपा श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, क्षेत्रिय सचिव शैलेन्द्र उपाध्याय, बुनेल राम, गजेन्द्र पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ