arrow

स्पेनिश लिगमा सेभिया विजयी, एथलेटिको बराबरीमै

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
sevilla.jpeg
स्टाडियो सान्चेज पिजुवाँ । स्पेनिश फुटबल लिग ला लिगामा सेभिया विजयी भएको छ । घरेलु मैदानमा स्टाडियो सान्चेज पिजुवाँमा बिहीबार राति खेलेको खेलमा सेभियाले एथलेटिक बिलबाओलाई १–० ले हरायो ।
 
खेलको १४ मिनेटमा भिन्सेन्ट इबोराले हानेको गोल नै निर्णायक भयो । यसअघि सोही समयमै पाएको पेनाल्टीलाई स्टेभान योभेटिकले गोलमा परिणत गर्न सकेका थिएनन् ।
 
यो जितपछि सेभियाले दोस्रो स्थानको रियाल मड्रिडसंग अंक दूरी कम गरेको छ । सेभियाको २५ खेलबाट ५५ अंक भएको छ भने २४ खेलबाट रियालको ५६ अंक छ ।
 
२५ खेलबाटै शीर्ष स्थानको बार्सिलोनाको ५७ अंक छ । 
 
लिग अन्तर्गतकै बिहीबार रातिको खेलमा एथलेटिको मड्रिडले डेपोर्टिभो लाकोरुनासंग १–१ को बराबरी खेलेको छ । १३ मिनेटमा फोरिन एन्दोनले गोल गर्दै डेपोर्टिभोलाई अग्रता दिलाएका थिए ।
 
तर एथलेटिको मड्रिडलाई बराबरी गर्न ६८ मिनेटसम्म कुर्नुप¥यो । एन्टोइन ग्रिजम्यानले बराबरी गरेका हुन् ।
 
यो बराबरीले २५ खेलबाट ४६ अंकमा रहेको एथलेटिको मड्रिडले तेस्रो स्थानको सेभियासंग अंक दूरी मात्र ९ मा झारेको छ ।
 
खेलका क्रममा फर्नान्डो टोरेस भने टाउकोमा गम्भीर चोट लागेपछि अस्पतालमा भर्ना हुनु परेको छ । तर उनको अवस्था ठीक भएको अस्पताल स्रोतले जनाएको छ ।
Atletico players tried to prevent Fernando Torres from swallowing his tongue
The two collided as they came back to the ground, seemingly knocking Torres unconscious 
The Spanish forward was treated urgently on the pitch prior to being taken to hospital
Torres was placed into an ambulance and taken to hospital, where he will stay overnight
Florin Andone celebrates after scoring for Deportivo on Thursday against Atletico Madrid
Antoine Griezmann celebrates with Filipe Luis after bringing his side level on Thursday
Sevilla captain Vicente Iborra celebrates scoring the opener against Athletic Bilbao
Stevan Jovetic reacts after missing a penalty, but Iborra scored the rebound to rescue him
Jovetic (in white) was brought down by Xabier Etxeita for the penalty in the first half
Athletic's defender Yeray Alvarez kicks the ball under pressure from Sevilla's  Luciano Vietto
Eneko Boveda (right) heads the ball as Argentinian defender Gabriel Mercado looks on
Iborra (right) and Raul Garcia battle for the ball in a low quality game at Sanchez Pizjuan



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ