arrow

स्मार्ट लाइसेन्स अझै लागु भएन, कार्डको स्टक रित्तिदै

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
smart-licence.jpeg
काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स अझै देशभर वितरण गर्न सकेको छैन । यातायात व्यवस्था विभागले २०७२ मंसिरदेखि बागमती अञ्चलमा मात्रै स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ । अन्य अञ्चलका कार्यालयबाट हस्तलिखित लाइसेन्स वितरण हुँदै आएको छ ।
 
विभागले बागमतीबाट स्मार्ट लाइसेन्स वितरण गरेको १५ महिना बितिसक्दासमेत अन्य भागबाट स्मार्ट लाइसेन्स जारी गर्न नसकेको हो ।
 
विभागका प्रवत्ता टोकराज पाण्डेले अनुसार उपत्यकामा तीनवटा कार्यालय विस्तारमा जुट्दा केही समय ढिलाइ भएको स्वीकारे । ‘प्राविधिक कारणले उपत्यकाबाहिर स्मार्ट कार्ड वितरणमा केही समय ढिलाइ भएकै हो,’ उनले भने, ‘पोखरा र बागलुङ कार्यालयबाट छिट्टै स्मार्ट लाइसेन्स जारी गर्छौ ।’
 
यसैबीच, यातायात व्यवस्था विभागले समयमै टेन्डर प्रक्रिया अघि नबढाउँदा स्मार्ट कार्डको अभाव देखिएको छ । विभागले टेन्डरमा ढिलासुस्ती गर्दा स्टक स्मार्ट कार्ड रित्तिँदै गएको हो । (नागरिक दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ