arrow

किसुनजीको छैटौं वार्षिकी, सम्झना उही सादगी जीवनको

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
kishunjee.jpeg
काठमाडौं । नेपाली काँग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईको छैटौं वार्षिकीका सन्दर्भमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले विविध कार्यक्रम गरी भट्टराईलाई सम्झदै छन् । वि.सं. २०६७ साल फागुन २० गते राति भट्टराई (किसुनजी) को निधन भएको थियो । 
 
झण्डै २० वर्ष नेपाली काँग्रेसको नेतृत्व सम्हालेका किसुनजी सादगी नेता थिए । उनका अनुयायीहरु अहिले काँग्रेसको नेतृत्वतहमा भए पनि उनको आदर्शलाई भने पछ्याउन नसकेको गुनासो सर्वत्र छ । 
 
मुलुकको दुई पटक प्रधानमन्त्री भए पनि किसुनजीले वालुवाटारबाट फर्किदा केबल छाता, सुराही र ट्याम्कामात्र लिएर आएका थिए । अविवाहित किसुनजीले प्राण त्याग्दा पनि तिनै तीन चिज छोडेर गएका हुन् । 
 
नेपालमा राजनीतिलाई व्यापार गर्ने थलो बनाइएको आलोचना नेताहरुले खेप्दै आएका बेलामा किसुनजी त्यतातिर नलागेकैले सन्त नेताको उपमा पाएर गएका छन् । 
 
किसनजीको शालिन शैलीको चर्चा अन्य दलका नेताहरुले पनि गर्ने गरेका छन् । तर जीवनको उत्तराद्र्धमा आएपछि भने किसुनजी काँग्रेसबाट टाढिएका थिए । 
 
किसुनजीको निधन भएको छ वर्ष भइसक्दासम्म उनको सम्झनामा काँग्रेसका अहिलेका ठूला नेताहरुले समय खर्च गर्न छाडिसकेका छन् ।
 
राजनीतिक अभिष्ट पूरा गर्नुपर्ने भएमात्र किसुनजीको नाम लिने नेताहरुले कुनै अन्तक्र्रियामासमेत भाग लिन मान्दैनन् । किसुनजीले अन्तिम समय बिताएको बाडेगाउँमा भने औपचारिकता पूरा गर्नकै लागि श्रद्धाञ्जली कार्यक्रम हुने गरेको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ