मुम्बई । बलिउड चलचित्र निर्देशक एवं निर्माता महेश भट्टलाई छोरी आलियामाथि गोली चलाउने धम्की आएको छ । गत २६ फेबु्रअरी राति महेश भट्टलाई एक युवकले फोन गरी मार्ने धम्की दिएका हुन् ।
भट्टलाई तत्काल ५० लाख भारतीय रुपैयाँ नदिए उनकी छोरी आलिया र उनकी श्रीमतीलाई मार्ने धम्की आएको हो । अन्डरवल्डका बबलु श्रीवास्तव ग्यांगको नामबाट फोन गर्दै ५० लाख नदिए आलिया र उनकी श्रीमती सोनीलाई मार्ने धम्की आएको हो ।
नगद रुपैयाँ सीधै व्यक्तिले लिने नभइ लखनउको एक बैंकको शाखामा जम्मा गर्न पनि फोनमा धम्की दिइएको हो ।
भनिएको समयमा पैसा जम्मा नगरिए आलिया भट्ट र सोनीलाई थुप्रै गोली चलाएर मार्ने धम्की दिइएको भट्टले बताएका छन् ।
उनले थुप्रै चलचित्रमा यस्ता डाइलग थुप्रै भिलेनलाई बोल्न लगाए होलान् । तर आफैले यस्तो धम्की खानुपर्ला भनेर सोचेका भने थिएनन् ।
पहिलो धम्कीले खासै असर नपेर पनि उनलाई दोस्रो धम्की म्यासेन्जर ह्वाट्सअपबाट आएपछि भने सात्तो गयो ।
भट्ट परिवारले प्रहरीको सुरक्षासमेत पाइरहेको छ । त्यसपछि भने कुनै धम्की आएको छैन ।