arrow

आन्दोलनरत स्वास्थ्यकर्मीको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयको १० बुँदे प्रतिवद्धता

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
ministry-of-health.jpeg
काठमाडौं । आन्दोलनरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानको लागि स्वास्थ्यमन्त्रालयले १० बुँदे प्रतिवद्धता व्यक्त गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र राज डोटेलले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७३ फाल्गुन ३ को निर्णय बमोजिम छैठौँ तहका पुल दरवन्दीहरु यथाशीघ्र सिर्जना गर्ने कार्य सम्पन्न गरी निजामती कितावखानमा पद दर्ता गराउने, सो प्रयोजनको लागि दरवन्दी बाँडफाँड र जिम्मेवारी किटानी सम्वन्धमा कार्यविधि तयार गरिने, कार्यविधिमा सकेसम्म यस्ता कर्मचारीहरुलाई जिल्लाभित्रै व्यवस्थापन गरिने र कुनै कुनै जिल्लामा सबै कर्मचारी व्यवस्थापन हुन नसक्ने अवस्था रहेकोले कर्मचारीको ईच्छा अनुसार जेष्ठताका आधारमा अन्यत्र जिल्लामा व्यवस्थापन गरिने लगायतका प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् ।  
मन्त्रालयद्वारा जारी गरिएको १० बुँदे प्रतिवद्धतालाई तल हुबहु प्रस्तुत गरिएको छ । 
विगत केही समयदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ख को विशेष पदस्थापनको विषयमा असमझदारी व्यक्त गरी आन्दोलनमा छन् । यस सन्दर्भमा मन्त्रालयले दुईपटक विज्ञप्ति जारी गरिसकेको छ । उक्त विज्ञप्तिहरुमा उल्लेखित विषयहरुलाई थप स्पष्ट गर्दै मन्त्रालयले यस्तो विज्ञप्ती जारी गरेको हो । 
 
- नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७३ फाल्गुन ०३ को निर्णय बमोजिम छैठौँ तहका पुल दरवन्दीहरु यथाशीघ्र सिर्जना गर्ने कार्य सम्पन्न गरी निजामती कितावखानमा पद दर्ता गराउने । 
- सो प्रयोजनको लागि दरवन्दी बाँडफाँड र जिम्मेवारी किटानी सम्वन्धमा कार्यविधि तयार गरिने । कार्यविधिमा सकेसम्म यस्ता कर्मचारीहरुलाई जिल्लाभित्रै व्यवस्थापन गरिने । कुनै कुनै जिल्लामा सबै कर्मचारी व्यवस्थापन हुन नसक्ने अवस्था रहेकोले कर्मचारीको ईच्छा अनुसार जेष्ठताका आधारमा अन्यत्र जिल्लामा व्यवस्थापन गरिने ।
- मन्त्रिपरिषदको उक्त निर्णयबाट समेटिन नसकेका २०७०÷१२÷१२ अघि सातौँ र पाँचौ तहमा तहमिलान वा स्तरबृद्धि भएका कर्मचारीहरुको लागि पनि ऐनको दफा ९ख ्को परिधिभित्र रही पुल दरवन्दीहरु सिर्जना गर्न सकिने भएकोले उक्त तहका पुल दरवन्दीहरु समेत सिर्जना गर्ने ।
- सिर्जना गरिएका पदहरुको लागि रोग नियन्त्रण, परिवार स्वास्थ्य, वाल स्वास्थ्य, तालिम, भण्डार व्यवस्थापन, भौतिक सम्पत्ति व्यवस्थापन, अनुगमन प्रतिवेदन लगायत जनस्वास्थ्य सम्वन्धी  कार्यहरुमा र क्लिनिकल सेवामा स्पष्ट कार्यजिम्मेवारी दिई स्वास्थ्य संस्थाको आवश्यकता र कर्मचारीको ईच्छा अनुसार खटाउने । दरवन्दी सिर्जना हुँदाका बखत कार्यविवरण तयारी गरिसक्ने ।
- शैक्षिक योग्यता वा तालिम नभएका कर्मचारीहरुलाई आगामी आर्थिक वर्ष २०७४÷७५ भित्र तालिम उपलव्ध गराई सक्न मन्त्रालयले वजेट व्यवस्थापन गर्ने । तालिम कार्यक्रमलाई समयानुकूल परिमार्जन गरी वृत्तिविकाससँग आवद्ध गराउने ।
- स्वास्थ्य सेवा ऐन संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक निर्णय भईसकेको र सो को लागि समिति समेत गठन भईसकेको अवस्थामा तत्काल छोटो बाटोबाट २०७०÷१२÷१२ पूर्व पुल दरवन्दीमा पदस्थापन योग्य सबै कर्मचारीहरुको लागि सबै तह (पाँचौँ, छैठौँ, सातौँ) का स्थायी पदहरु सिर्जना गर्ने ।
- मूल दरवन्दी सिर्जना गर्न सबै तहका स्वास्थ्य संस्थाहरु खुला गर्ने ।
 * सातौँ तहका दरवन्दीहरु जिल्ला जन÷स्वास्थ्य कार्यालय वा सो भन्दा माथि सिर्जना गर्ने । यसको लागि २०७०÷१२÷१२ भन्दा पहिले नै सातौँ तहको पुल दरवन्दीमा कार्यरतहरुलाई समेत सम्वोधन गर्ने ।
 * पाँचौ र छैठौँ तहका दरवन्दीहरु सबै तहका स्वास्थ्य संस्थाहरुमा सिर्जना गर्ने गरी खुला गर्ने ।
 * ऐन संशोधनमा देहायका विषयहरुमा केन्द्रित हुने ।
 * पुल दरवन्दीहरुलाई स्थायी दरवन्दीमा रुपान्तरण गर्न दफा ९ख खारेज गरी नयाँ व्यवस्था गर्ने ।
 * २०७०÷१२÷१२ पछि स्तरबृद्धि भएकाहरुलाई समेत मूल दरवन्दीमा प्रवेश गर्ने गरी बाटो खुला गर्ने ।
 * शैक्षिक योग्यता वा तालिम प्राप्त गर्न असमर्थ÷अनिच्छुकहरुलाई विशेष अवकाश योजना ल्याउने ।
 * छैठौँ तहका पदहरु नयाँ सिर्जना हुने भएकोले उक्त पदहरु पूर्ति गर्ने व्यवस्थाका लागि दफा ८ संशोधन गर्ने ।
 * न्र्सिङ्ग समूहका कर्मचारीहरुको वृत्तिविकासको अवरुद्धतालाई पुनरावलोकन गरी वृत्ति विकास सुनिश्चित गर्ने गरी सुधार गर्ने ।
- ऐन संशोधनको सम्पूर्ण कार्य तीन महिनाभित्र सम्पन्न गर्ने ।
- पुल दरवन्दी सिर्जना गरी स्पष्ट कार्यजिम्मेवारी सहित खटाउने कार्य नभए सम्म साविकको अवस्थामा  नै कामकाजको ब्यबस्था गर्न गराउने ब्यबस्था मिलाउने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ