arrow

स्ववियु निर्वाचनको माग गर्दै पीकेमा पनि नेविस‌ंघकी छात्राहरु अनसनमा

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
NSU_ansan_PK.jpeg
काठमाडौैं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गदै काठमाडौंको पद्मकन्या क्याम्पसमा पनि ने.वि.सघंका बिद्यार्थीहरु अनसनमा बसेका छन् । विधिन्न १२ बुँदेमाग सहित ने.वि.सघंकार्यकर्ताले अनसन सुरु गरेका हुन् । 
 
जसरी भएपनि स्ववियुको निवाचन गराउनु पर्ने, निर्वाचन गर्न नसक्ने क्याम्पस प्रमुख र निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने र पद्म कन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउनु पर्ने लगायतका माग गदै विद्यार्थीहरु अनसनमा बसेका हुन् । यसरी अनसन बस्ने बिद्यार्थीहरुमा कौशीला भट्ट, अर्पना खड्का, तेजकला उप्रेती र रमा थापा रहेका छन् ।
 
देशका २०० भन्दा बढी क्याम्पसहरुमा स्ववियु निर्वाचन भइसकेको छ भने काडमाडौका ठुला क्याम्पसहरुमा विद्यार्थी संगठनकै अवरोधका कारण निर्वाचन हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ