arrow

मेची–महाकाली जनजागरण अभियान अन्तर्गत २२ गते एमालेको विराटनगरमा भेला

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
cpnuml-530x304.jpg.jpeg
विराटनगर । नेकपा एमालेको मेची–महाकाली जनजागरण अभियान अन्तर्गत २२ गते फागुनमा मोरङको विराटचोकमा ऐतिहासिक भेला गर्ने भएको छ ।
 
नेकपा एमाले मोरङले शुक्रवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यो सभा संविधानका पक्षधरहरुको उपस्थितीमा हुने ऐतिहासिक सभा हुने जनाएको छ । संविधान कार्यान्वयनका लागि जनदवाव, राष्ट्रिय एकता, सामाजिक सद्भाव सहितको समृद्ध नेपाल निर्माणको लागि भन्दै जागरण अभियान थालेको एमालेले पूर्व पश्चिम राजमार्गका चोकचोकमा विभिन्न कार्यक्रम गर्दै मोरङको विराटचोकमा विशाल सभा गर्ने भएको हो । 
 
नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालका अनुसार २२ गते विहान १० बजे उर्लाबारीमा स्वागत तथा कोण सभा हुनेछ । उर्लाबारीमा मोरङ क्षेत्र नम्बर १ र ९ का जनताले अभियानमा सहभागि टोलीको स्वागत गर्नेछन् । त्यसपछि मोरङ क्षेत्र नम्बर २, ४ र ९ नम्बर क्षेत्रका जनताको सहभागितामा पथरी, र कानेपोखरीमा स्वागत तथा झाँकी प्रदर्शन, बेलाबारीमा क्षेत्र नम्बर ३ का जनताको सहभागितामा सास्कृतिक कार्यक्रम हुने छ । 
 
क्रमश अघि बढ्ने अभियान मोरङको कोशी हरैचा नगरपालिका अन्तर्गत विराटचोकमा विशाल सभामा परिणत हुने एमाले मोरङ अध्यक्ष ढकालले बताए । सभामा जिल्लाभरीका एमाले नेता कार्यकर्तासँगै संविधानका पक्षधरहरुको उपस्थिती रहने छ । मध्यान्न हुने सभामा मोरङका विभिन्न क्षेत्रबाट लाखौं जनताको सहभागिता रहने एमाले मोरङले जनाएको छ । 
 
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सम्बोधन गर्ने सभामा सहभागि हुन मोरङ क्षेत्र नम्बर ५, ६ र ७ का जनताले विराटनगर केन्द्रबिन्दु बनाएर विहान १० बजे विभिन्न स्थानबाट ¥याली सहित सभास्थल जाने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । तीनै क्षेत्रका जनता विराटनगरको शंकरपुरबाट, पेशागत क्षेत्र सभागृहबाट, र सिटि रिक्सा सहितको ¥याली पुष्पलालचोकबाट विहान १० बजे सभास्थल प्रस्थान गर्ने कार्यक्रम बनाइएको छ । 
 
जनसहभागिता र जनताले बनाएको संविधान कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले पनि यो सभा ऐतिहासिक हुने एमाले मोरङका पूर्व अध्यक्ष महेश रेग्मीले बताए । उनले भने,‘यो सभा एमालेको मात्रै हुने छैन, संविधान चाहने र कार्यान्वयन होस भन्ने सवैको साझा हुने छ ।’
 
२१ गते झापाको काँकडभिट्टाबाट शुरु हुने पश्चिमको महाकाली चैत ५ गते सुर्खेतको विरेन्द्रनगरमा पुगेर विशाल सभासहित समापन हुने एमालेले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ