arrow

लगानी सम्मेलन : भारतको भन्दा चीनको प्रतिबद्धता ८ खर्ब बढी

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
InvestMent_Summit_2017.jpeg
काठमाडौं । लगानी सम्मेलनमा भारतले भन्दा चीनले झण्डै २७ गुणा बढी लगानी गर्न प्रतिवद्धता जाहेर गरेको छ । सोमबार सम्पन्न सम्मेलनमा चीनले ८ खर्ब ३० अर्बको लगानी प्रतिवद्धता जाहेर गर्दा भारतले जम्मा ३१ अर्ब लगानी गर्ने जनाएको लगानी बोर्डले जनाएको छ । 
 
लगानी बोर्डका प्रवक्ता मधु प्रसाद भेटुवालका अनुसार १ खर्बको लगानी प्रतिबद्धता आउने अनुमान सरकारले गरेकोमा १३ खर्ब ५२ अर्बको प्रतिबद्धता आएको हो। यसरी प्रतिवद्धता गर्नेमा दोस्रो स्थानमा बंगलादेशबाट २ खर्ब ४० अर्ब, बेलायत र जापानबाट १–१ खर्ब, श्रीलंकाबाट ५० अर्बको प्रतिबद्धता आएको बोर्डले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ