arrow

यातायात व्यवस्था कार्यालयको राजस्व संकलन गर्दै ग्लोबल आइएमई बैंक

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
global-ime-bank.jpeg
काठमाडौं ।   ग्लोबल आइएमई बैंकले बिहिबारदेखि यातायात व्यवस्था कार्यालय मोटरसाईकल, सतुङगलको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन सुरु  गरेको हो ।
 
 यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी  अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर,  अध्यागमन विभाग, उद्योग विभाग परिसर, लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । 
 
देशका हरेक क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उदेश्यले बैंकले आफ्ना ९४ शाखा, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, ११ वटा राजश्व संकलन काउण्टर र  ४४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा वढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ