arrow

रियाल सोसिडाड स्पेनिश लिगको चौथो स्थानमा

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
football-stadium.png
बेनिटो भिल्लामारिन । स्पेनिश फुटबल लिग ला लिगामा रियाल सोसिडाड अंक तालिकाको चौथो स्थानमा पुगेको छ । शुक्रबार राति भएको खेलमा रियाल बेटिसलाई उसमै मैदान बेनिटो भिल्लामारिनमा ३–२ ले हराउँदै रियाल सोसिडाड चौथो स्थानमा चढेको हो ।
 
सोसिडाडलाई जिताउन जाबियर प्रेटोले दुई तथा जोन बाउटिस्टाले एक गोल गरे । बेटिसका इसा मन्दी र एन्टोनियो सानाब्रिआले एक एक गोल गरे । 
 
जितपछि रियाल सोसिडाडको २६ खेलबाट ४८ अंक भएको छ । २५ खेलबाट ५७ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ ।
 
२४ खेलबाट ५६ अंकको रियाल मड्रिड दोस्रो तथा २५ खेलबाटै ५५ अंकको सेभिया तेस्रो स्थानमा छ ।
 
रियाल बेटिस २७ अंकसहित १४ औं स्थानमा छ । ग्रानाडा, स्पोर्टिङ गियोन र ओसासुना रेलिगेशन क्षेत्रमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ