arrow

भारतको मनिपुरमा बिहानै भूकम्पले तर्सायो

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
earthquake-FNL-new.jpg.jpeg
मनिपुर । भारतको मनिपुरमा बिहानै भूकम्पले स्थानीयलाई तर्साएको छ । अमेरिकी जिओलजिकल सर्भेका अनुसार भूकम्पको क्षमता ५.१ रेक्टर स्केलको हो ।
 
मनिपुरको फेकदेखि ५७ किलोमिटरको दूरीमा बिहान ७ः५६ बजे भूकम्प गएको हो । भूकम्पले स्थानीय तर्सिए पनि त्यसबाट पुगेको असरबारे भने अहिलेसम्म केही खवर आएको छैन । 
 
८० किलोमिटर गहिराईमा केन्द्रबिन्दू भएर भूकम्प गएकाले वरिपरिको धेरै क्षेत्रफलमा भूकम्पले असर गरेको हुन सक्ने जनाइएको छ ।
 
भूकम्प गएको क्षेत्र भारत म्यानमारको सीमा नजिक पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ