arrow

आयुर्वेद क्याम्पसमा ने.वि.संघले अनसन बसेपछि स्ववियु निर्वाचन हुदै

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
aaurbed-campus.jpeg
काठमाडौं ।  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत्र १ गते  हुने भएको छ। शनिबार क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरु बीच भएको छलफलबाट निर्वाचनको मिति पून: घोषणा भएको छ।
 
फागुन १८ गते नै संचालन हुनुपर्ने स्ववियु निर्वाचनको कार्यक्रममा आफ्नो असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियु-नयाँ शक्ति-क्रान्तिकारी लगायतको प्यानलले फागुन १७ गते दिउँसो निर्वाचन समितिको कार्यलयको कोठामा तालाबन्दी गरेको थियो ।  
 
नेपाल विद्यार्थी संघका समर्थित विद्यार्थीहरु प्रशन्न नेपाल र सुशान्त भण्डारी बिहानै देखि रिले अनसनमा बसेका थिए  ।  निर्वाचनको मिति सार्वजनिक भए पश्चात् अनसन तोड्दै अनसनकर्ता प्रशन्न नेपालले स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसहरुमा पनि पुन: निर्वाचन संचालन गर्न आह्वान समेत गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ