arrow

पत्रकार महासङ्घ बर्दियामा धिताल

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
FNJ-logo.jpg.jpeg
गुलरिया (बर्दिया), २१ फागुन । नेपाल पत्रकार महासङ्घ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालका अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । 
 
अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन हुनुभएको छ । यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुङ्गाना, शीतल थापा, दुर्गा आचार्य, दीपक श्रेष्ठ, कुसुम विक, ताराबहादुर सुनार, भीमउचै ठकुरी र सन्दीपकुमार वैश्य चयन गरेको छ । 
 
अधिवेशनले केन्द्रीय सभासद्मा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), विनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशीला गिरी र गीता अधिकारी चयन गरेको निर्वाचन समितिका सदस्य सुभाष पोख्रेलले जनकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ