arrow

न्युजिल्याण्ड बिरुद्धको एकदिवसीय श्रृखंला दक्षिण अफ्रिकालाई

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
Rabada_SA.jpeg
अकल्याण्ड, न्युजिल्याण्ड। पाँचौ तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा न्युजिल्याण्ड माथि ६ विकेटको बिजय हात पार्दै दक्षिण अफ्रिकाले श्रृखंला ३-२ले जितेको छ। 
 
टस हारेर पहिलो ब्याटीङ गरेको न्युजिल्याण्डले अफ्रिकाको कसिलो बलिङ सामु ४१.१ ओभरमा सबै विकेट गुामउँदै १४९ रन मत्र बनाउन सकेको थियो। न्युजिल्याण्डका कोलिन डे ग्राण्डहोमले ३२ रन बनाएका थिए । अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको अफ्रिकाले ३२.२ ओभरमा ४ विकेटको क्षतीमा १५० रन बानउँदै जित हात पारेको थियो। अफ्रिकाकालागि फाप डुप्लेसीले ५१ रन बानएका थिए भने डेविड मिलरले ४५ रनको योगदान दिएका थिए। न्युजिल्याण्डका जितेन पटेलले २ विकेट लिएका थिए। 
 
अफ्रिकाका कागिसो रबाडा प्लेयर अफ दि म्याच कागिसो रबाडा घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ