arrow

सलमानले युवाको भविष्य बर्बाद पार्दैछन् : पाकिस्तानी अभिनेत्री

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
salman2_RJzoSw5.jpeg
एजेन्सी । पाकिस्तानी अभिनेत्री तथा गायिका रबि पीरजादाले बलिउड र सलमान खान माथि  गम्भीर आरोप लगाएकी छन् ।  रबिका अनुसार बलिउड खास गरेर सलमानको चलचित्रले पाकिस्तानी युवाको भविष्य बर्बाद पारेको बताएकी छन् उनले  सो कारण पाकिस्तानमा अपराध बढेको पनि सलमान माथि आरोप लगाइन् । 
 
रबिले सो आरोप लाहोरमा प्रेस कन्फ्रेन्सको क्रममा लगाएकी हुन् । उनि आफ्नो अगामि चलचित्रको प्रमोशनमा रहेकी छन् । अभिनेत्री  रबिले भनिन् , "बलिउडमा रिलीज हुने हरेक चलचित्र अपराध र अपराधिक क्रियाकलापमा आधारित हुन्छन् ।  खास गरेर सलमान खानको हरेक चलचित्रमा यस प्रकारको गतिबिधि हेर्न सकिन्छ ।"
 
 "मेरो प्रश्न यो हो कि इन्डियन फिल्म मेकर्स युवाहरुलाई के सिकाउदै छन् ? सामाजिक समस्यालाई उठउने  र म्यासेज दिने खालको चलचित्रमा  पाकिस्तानी चलचित्र  एक समय सबै भन्दा माथि थियो । हामि हाम्रो चलचित्रको माध्यमबाट समाजलाई सन्देश दिइहेका थियौ । तर बलिउडले सबै कुरा बगार्‍यो ।"
 
रबि पाकिस्तानी टिभिमा  'किस्सा कुर्सी का' र ' वाट्स अप विद् रबि ' को प्रस्तोता हुन् । रबिको दुई चलचित्र 'शोर शराबा' र 'प्यार की अफआइआर ' २०१७ मा रिलीज हुदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ