arrow

पन्चे बाजा बजाउदै 'मिस पुर्वेली सुपर मोडल' सम्पन्न

छैंटौ संस्करणको ताज इनरुवाकी सोनियाले चुमिन्

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन २१ शनिबार
Miss_taj.jpeg
विराटनगर ।  छैंटौ सस्करणको मिस पुर्वेली सुपर मोडलको ताज सुनसरी ईनरुवाकी १८ वर्षिया सोनिया प्रधानले पहिरन सफल भईन् । शुक्रवार सांझ सम्पन्न मिस पूर्वेली सुपर मोडलको फाइनल राउण्डमा १३ प्रतिष्पर्धिलाई पछि पार्दै सोनीयाले ताज हात पार्न सफल भएकी हुन् ।
 
विराटनगरको विरेन्द्र सभागृहमा राती अबेर सम्पन्न फाइनलमा सोनीयोले टिभीएस कम्पनीको स्कुटर र जिटीइ कम्पनीको स्मार्ट फोन प्राप्त गर्न सपल भईन् । यसका साथै उनले  ३२ तोला बराबरको क्राउन र मिस क्याटवकको सव टाईटल पनि हात पार्न सफल भईन् । उनलाई गत वर्षकी विजेता मोनिका लिम्बुले ताज पहिरिदिएकी थिईन् ।
 
यसबीच विराटनगर शिक्षादीप कलेजमा कक्षा १२ मा अध्ययनरत सोफिया तिमल्सिना फस्ट रनरअप हुन सफल भईन् । यसका साथै उनले जिटीई क्म्पनीको स्र्माट फोन र बेष्ट पर्सनालिटी अनि बेष्ट हेयरको सव टाईटाईलको उपाधि समेत पाइन् ।
 
त्यसैगरी मेरील्याण्ड कलेजकी छात्रा ऐश्वर्या खड्का सेकेण्ड रनरअप बन्न सफल भईन् । पुर्वेली सुपर मोडलको अन्य टाईटलमा बेष्ट स्माइलको उपाधि सिम्मी खान, मिस डिसिप्लेन नानु वाइवा, मिस फोटोजेनिकको उपाधि सोहिङ्ना लिम्बु, मिस पपुलर किशोरी कार्की, मिस फ्रेण्डसीप रुचिका गणेश, मिस मिस सुम्नीमा वीथ पोजेटिभीटीको उपाधी प्रगती शाहले पाईन् ।
 
मिस ट्यालेन्टको उपाधी भने दीपा कुन्दुले पाइन् उनले ट्यालेन्ट राउण्डमा मेरो गीत बोलको गीतमा  क्लासिकल नृत्य गरेकी थिईन् । छैंटौं सस्करणमा एक भिन्न शैलीमा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई थप मनोरञ्जन र रोचक बनाउन  पन्चेबाजा सहित कार्यक्रम सुरु गरिएको थियो । 
 
किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने  उद्देश्यका साथ ए–वान इन्टरटेन्मेन्ट ६ वर्षअघिदेखि पूर्वेली सुपर मोडल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
 
मिस पूर्वेली सुपर मोडल विजेताले मिस नेपालमा स्वतः सहभागी हुन पाउने आयोजक संस्थाका अध्यक्ष निराजन लुईटेलले बताए । उनका अनुसार स्वच्छ र पारदर्शी रुपमा गरिएको  फाईल राउण्डमा नायीका रिमा विश्वकर्मा, उत्तम कुमार श्रेष्ठ, सुव्रत आचार्य, विनय श्रेष्ठ र रेष्मा घिमीरे निर्णयक रहेका थिए । त्यसैगरी सेलिब्रटी गेष्टमा अमृत ढुङ्गगना रहेका थिए ।
 
मिस पूर्वेली सुपर मोडलको सन् २०१२ मा धरानकी आरती दाहाल, २०१३ मा विराटनगरकी पण्डिता राई, ०१४ मा विराटनगर कै रेष्मा घिमिरे, २०१५ तेह्रथुमकी सुम्निमा खापुङ्ग र २०१६ मा मोनिका लिम्बुले उपाधि जितेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ