arrow

अफगानिस्तानमा १३ तालिवानको मृत्यु

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
afgh-MMAP-md.png.png
काबुल । अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गरेको कारबाहीका क्रममा १३ जना तालिवानको मृत्यु भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । देशका विभिन्न ठाउँमा भएका आतङ्ककारी विरुद्धका कारबाहीहरुमा ती व्यक्तिले ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी दिएको छ । 
 
गत २४ घण्टासम्म जारी राखेको कारबाहीमा ती तालिवान आतङ्ककारी मारिएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ । अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले बादख्सान, कान्दाहार, उरुजगान, हेरात र हेलमन्ड प्रान्तमा जारी सो कारबाहीको क्रममा थप १७ जना सशस्त्र तालिवान आतङ्ककारी पक्राउ परेका छन् । त्यस कारबाहीका क्रममा अरु केही तालिवानलाई पनि सेनाले पक्राउ गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ । 
 
अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका छन् । हाल त्यहाँ अफगान सेनाले नै कारबाही गर्ने गरेको छ । पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ