arrow

विद्यालयलाई निशुल्क जग्गा

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
Panchthar.png
पाँचथर । पाँचथर जिल्लाको सुभाङ गाविस– ६ मा रहेको डाँडागाउँ आधारभूत विद्यालयलाई मोरङको पथरी शनिश्चरेका अवकास प्राप्त शिक्षक बद्रीप्रसाद ओझाले साढे छ आना जग्गा निशुल्क प्रदान गरेका छन् । विद्यालयसँगै जोडिएको आफ्नो जग्गा ओझाले आफ्ना दिवंगत बुबाआमा र माहिलो छोरा खेम ओझाको स्मृतिमा विद्यालय भवन निर्माणका लागि दान गरेको उनका छोरा घनेन्द्र ओझाले जानकारी दिए ।
 
शनिश्चरेमा अढाई दशक शिक्षण पेसामा संलग्न रही अवकास हुनुभएका ओझाले शिक्षाको विकास नभई समाज र राष्ट्रको विकास नहुने भन्दै आफूले विद्यालयलाई जग्गा दान गरेको बताएका छन् । सो विद्यालय डेढ दशकअघि स्थापना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ