arrow

३३ किलो सुनका तस्करीका ३० आरोपी को-को परे (नामावली सहित )

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
33-kg-gold-taskar.jpeg
काठमाडौं । प्रहरीले ३३ केजी सुन काण्डमा संलग्न रहेको आरोप सहित ३० जनाको नाम सार्वजनिक गरेको छ । लामो अध्ययनपछि केन्द्रीय अनुसन्धान ब्यूरोले आईतकार बृक्षचित्र नै तयार पारेर ३३ किलो सुन तस्करीमा संलग्न रहेकाहरुको नामावली सार्वजनिक गरेको हो । 
 
आईतबार प्रहरीले युएईमा रहेका १० जना र नेपालमा रहेका ८ जना व्यक्तिलाई पक्राउ गर्न बाँकी रहेको भन्दै ३० जनाको नामावली प्रकाशित गरेको हो । प्रहरीले अहिलेसम्म तस्करीमा संलग्न रहको आरोपमा एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही, राजकुमार खरेल, सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, श्याम श्रेष्ठ, रामहरी कार्की, मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठलाई मात्रै पक्राउ गरेको छ ।  
 
प्रहरीले उक्त तस्करी काण्डका मुख्य योजनाकार हरिशरण खड्का रहेको बताएको छ । तस्करीमा उनको प्रत्यक्ष संलग्नता रहेको र उनलाई प्रत्यक्ष साथ दिनेहरुमा राजन प्रसाद पन्त, अर्जुन प्रसाद खरेल, रोशन गुप्ताल लगायतका रहेको बताईएको छ । त्यस्तैगरी उनलाई सहयोग गर्नेहरुमा नै कृष्णगोपाल अग्रवाल, चूडामणि उप्रेती, केशव चापागाई, दुर्गाप्रसाद खरेल र गोपाल भुसाल समेत छन् ।
 
प्रहरीका अनुसार युएईबाट आएको सुनको यता बन्दोबस्त गर्नेहरुमा रामहरी कार्की, सुबिन भनिने रामप्रताप खड्का, प्रकाश खरेल तथा बुद्धीमान खरेल रहेका छन्। त्यस्तैगरी नेपालमै रहेर सुन तस्करीमा लागेकाहरुमा सन्तोष काफ्ले, गोपाल शाही दिलबन्धु थापा मुख्य रहेको प्रहरीको दाबी छ । नेपालका सुन भरियाहरुमा भने निरज भनिने भोला मगर, संकेत खतिवडा उपाध्याय, विष्णु सुवेदी र माधव सुवेदी रहेको सीआइबीले बताएको छ ।
 
प्रहरीका अनुसार युएईबाट सुन डिमान्ड गर्ने समूहमा राजेन्द्रकुमार शाक्य, मालिका बज्राचार्य शाक्य, रामकृष्ण गोयल, कुसुम गोयल, राहुल गोयल, विभूति अमोल भालचन्द्र र प्रमोद श्रेष्ठ रहेका छन् । यताको आवश्यकता पर्नेहरुसँग समन्वय गराउनेहरुमा भने रवि राजेश बोगटी, शनि श्रेष्ठ र गीता श्रेष्ठ  रहेको प्रहरीले जनाएको छ । मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ पनि कुनै न कुनै तरिकाले उक्त तस्करीमा संलग्न छन् । 
 
प्रहरीले दिलबहादुर थापाले युएईबा६ ल्याएको सुन विमानस्थलमा श्रीनारायण यादवले लिने गरेको बताएका छन् । यादवबाट एसएसपी श्यामबहादुर खत्रीसमक्ष पुग्ने गरेको बताइएको छ । खत्रीका अतिरिक्त राजकुमार ढकाल, गंगा भुर्तेल, तेजबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ र प्रदुम्नहरी श्रेष्ठसम्म पुग्नेगरेको बताईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ