arrow

एमाले भन्दा बढी जनताले चुनाव चाहेका छन् : ओली

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन २२ आइतबार
oli-at-sammelan.jpeg
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओली नेकपा एमालेको जागरण अभियान राष्ट्रिय एकताको लागि भएको बताएका छन् । मेची महाकाली अभियान अन्तर्गत एमालेले आईतबार मोरङको विराटचोकमा आयोजना गरेको सभामा अध्यक्ष ओलीले जागरण अभियान चुनावको प्रचार भन्दापनी राष्ट्रिय जागरणका लागि भएको बताए । 
 
जनताले चुनाव पर्खेर बसेको बताउँदै ओलीले एमालेले लिएको शान्ति, लोकतन्त्र, संविधान कार्यान्वयन, राष्ट्रियता र समृद्धिको वाटोतर्फ उन्मुख बनाउने उनले वताए । एमाले चुनाव होस् र शान्ति होस् भन्ने चाहन्छ तर एमाले भन्दा बढी जनताले चुनाव चाहेका छन्’ ओलीले भने, ‘देशमा शान्ति  हुन नदिने र संविधान कार्यान्वयन हुन नदिने र देशलाई भड्कालोमा हाल्ने काम भइरहेको छ यस्ता गलत कुरालाई चुनावबाट जनताले बढार्ने मौका पर्खिएर बसेका छन् ।’
 
एमालेलाई मधेशमा पस्न नदिने भन्ने केही पार्टीले कुरा गर्नुले एमालेसँग उनीहरु डराएको स्पष्ट हुने बताउँदै उनले एमाले मधेश या पहाडका जुनसुकै ठाउँमा पुग्ने उल्लेख गरे ।
कार्यक्रममा एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले एमालेमाथि आक्रमण सुरु भएको बेला अभियान सुरु भएको बताए । 
 
एमाले उपाध्यक्ष भीम रावलले दुईवटा राष्ट्रियताको कुरा गरेर नेपालीबीचमा फुट ल्याउने षड्यन्त्रलाई एमालेले पुरा हुन नदिने बताए । उनले  देशको पहिचान मेटेर जातिको पहिचान नभेटिने भन्दै स्वाधिनता र सार्वभौमिकताको विषयमा चुँ सम्म नबोल्ने नेताहरूले जातीहरुको आत्मनिर्णयको अधिकार मागेर देशलाई अझै कमजोर बनाउन खोजेको आरोपसमेत लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ