arrow

पोलियो खोप अभियानमा अवरोध गर्नेलाई थुन्ने आदेश

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
Home_ministry_nepal.jpg.jpeg
काठमाडौं । गृह मन्त्रालयले पोलियो खोप अभियानमा अवरोध गर्नैलाई पक्राउ गरी प्रचलित कानून अनुसार थुन्ने आदेश दिएको छ । गृह मन्त्रालयले आईतबार जारी गरेको विज्ञप्तीमा निर्बाध रुपमा पोलियो अभियान सञ्चालन गर्न र अवरोध गर्ने गरी कुनै कार्य सञ्चालन गरिए त्यस्ता व्यक्तिलाई थुन्ने आदेश दिएको हो । 
 
स्वास्थ्यकर्मीहरुको अवरोधका कारण तराईका १२ र काठमाडौ उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा यसअघि पनि हुन नसकेको पोलियो खोप कार्यक्रम रोक्न यसपटक पनि स्वास्थ्यकर्मीहरुको अबरोधका कारण यस अभियान सञ्चालनमा कठिनाई उत्पन्न भईरहेको बेलामा गृहले भने यस्तो आदेश गरेको हो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ